हजारौँ ब्राजिलियनहरुले फुटबलका महान् खेलाडी पेलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि पेलेको पार्थिव शरीर उनको पूर्व क्लब सान्तोसको साउ पाउलोस्थित उर्बानो काल्डिएयरा स्टेडियममा राखिएको थियो । मैदानबाहिर उनका समर्थकहरूको लामो लाइन देखिएको थियो ।
३ पटकको विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनी सन् २०२१ देखि क्यान्सरबाट पीडित रहेका थिए । मंगलबार उनको पार्थिव शरीरलाई सान्तोसको सडकमा र्यालीसहित घुमाइनेछ र निजी समारोहबीच अन्त्येष्टि गरिनेछ । ब्राजिलको सरकारले उनको निधनमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।



_J4aFyg8q2f.jpg)
_KlJXgy30UT.jpg)
_gZ01Qz1B64.jpg)
_1t4hrgiaBr.jpg)
_cI3Jw2THMt.jpg)
_nTnUrHPCeR.jpg)
_2GcBzbrerL.jpg)
_ZQVvnemyDx.jpg)
_KGW31mYFFA.jpg)
_KrkPmfebjx.jpg)
_5tGTELPDak.jpg)
_MX4Mb14xHb.jpg)
_bfgeTi6TBz.jpg)





