मंगलबार , अषोज २७, २०८३

 बुटवलको औद्योगिक प्रदर्शनीमा आयोजित आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि कालिका मानवज्ञान माविकी विद्यार्थी रुपा रौतारले जितेकी छन् ।

३४ जना प्रतिस्पर्धीहरुमध्येबाट २४ जना हुदै भोटिङ राउण्डमा पुगेका १२ जनाबाट गायकी र दर्शक भोटका आधारमा रौतारले उपाधि जितेकी हुन् ।

रौतार कालिका मानवज्ञान माविमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छात्रा हुन् । यसअघि उनी दीप बोर्डिङ हाइ स्कुल बुटवलबाट एसईई उत्तिर्ण भएकी थिइन् ।

दीप बोर्डिङमा अध्ययनरत हुदै उनले गायनमा आफुलाई अब्बल बनाएकी थिइन् । घरमा करेन्ट लागेर रुपमाले सानै उमेरमा एउटा हात गुमाएकी छन् ।

कपिलवस्तु स्थायी घर भएकी रुपा २०६२ सालको भदौमा स्कुलबाट साथीको घरमा गएका बेला घरको माथिल्लो तल्लामा करेन्ट लागेर दुबै हात गुमाउन पुगेकी थिइन् ।

उनलाई बुटवलको बागेश्वरी संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले निशुल्क गायन कक्षामा भर्ना गरेर सिकाएका थिए ।

सोमबार भएको फाइनल प्रतिस्पर्धामा प्रदर्शनी आइडल सिजन ६ को उपाधी जित्दै रुपाले १ लाख ११ हजार १ सय ११ सहित विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छन् । आइडलको उपविजेता अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन् । उनले ५५ हजार ५ सय ५५ र तेस्रो भएकी एन्जिला क्षेत्री खत्रीले रु. ३३ हजार ३ सय ३३ पुरस्कार प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP