मंगलबार , असार २३, २०८३

लाल बहादुर विक सुनसरी तरहरा निवासी एक साधारण व्यक्ति हुन् । उनी सिंहदेवी ज्वेलार्समा सिक्री बनाउने करिगढको रुपमा कार्यरत थिए । उनका मालिक दिपक गजमेर , दीपकका बुबा कृष्ण बहादुर गजमेर र सिता गजमेर परिवारको ज्वेलर्सले विभिन्न सयौ व्यक्तिबाट धेरै ब्याज दिने भन्दै पैसा उठाएका रहेछन ।

पैसाको रेकर्डको लागि पास बुक पनि बनाइएको थियो। धेरै ब्याज आउने प्रलोभनमा धेरैले करोडौ पैसा जम्मा गरे । पछि सिंहदेवी ज्वेलर्सले मानिसहरुको पैसा फिर्ता गर्न आनाकानी गर्यो । ज्वेलर्स नै बन्द हुने स्थिति आयो ।पैसा राख्ने हरुले उजुरी गरे , जाहेरी दिए ।

ज्वेलर्सका मालिक दिपक गजमेर सहित उनका बुबा कृष्ण बहादुर र सीता गजमेर पक्राउ परे ।सीता गजमेरले उनीहरुको कामदार लाल बहादुरको पनि नाम लिएपछि लाल बहादुर पक्राउ परे । पछि मुद्धा चल्दै गर्यो । लाल बहादुर २ लाख धरौटि तिरेर छुटे । त्यति बेला सम्म उनको जग्गा घर धितो मा गैसकेको थियो ।

मुद्धा चल्दै जादा दोषी ठहरिएका कृष्ण बहादुर र जाहेर दिने प्रत्येक पिडितले लाल बहादुर निर्दोष छन् , उनी कामदार मात्र हुन् ।हामीले उनीसंग कारोबार गरेको होइन भनेर बकपत्र गरेका छन् । तर मुद्धा चलेको लगभग ५ वर्ष पछि लाल बहादुरलाई जिल्ला अदालत सुनसरी , न्यायधिस निर्मला योंग्याको इजलासले १ वर्ष ६ महिना कैद र ३ करोड १४ लाख विगो जरिबाना तोकेको छ ।

उनी अहिले झुम्का कारागारमा छन्। अदालतको यस निर्णय विरुद्ध लाल बहादुरले पुनरावेदन दिएका छन् । सर्दै सर्दै अब पुष २६ गते पेसी चड्ने कुरा छ । त्यसपछि के कसरी अगाडि बढ्ने हो भनेर छलफल गर्नु पर्छ । हामी उनको घर पनि पुगेका थियौ । बा आमा श्रीमतीको आवस्था नाजुक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP