शनिबार , भाद्र १३, २०८३

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयमा आज गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

गृहमन्त्री लामिछानेले सिआइबीलाई चाँडोभन्दा चाँडो प्रतिवेदन आउने गरी स्वतन्त्रपूर्वक उक्त घटनाको छानबिन गर्न पनि निर्देशन दिएका छन् ।

प्रहरी अनुसन्धानको अहिलेसम्मको रिपोर्टबारे जानकारी लिएसँगै गृहमन्त्री लामिछानेले निर्मला कुर्मीको न्यायका लागि अनशनरत महिला अधिकारकर्मी रुवी खानलाई टेलिफोन गरी अनशन स्थगन गरी अनुसन्धानलाई सहज बनाइदिन आग्रह गरेका छन् ।

हाल निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणका दोषीलाई कारबाही गरी पीडितलाई उचित न्याय दिन भन्दै अधिकारकर्मीहरूले काठमाडौँको माइतीघरमा धर्ना तथा रिले अनशन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP