मंगलबार , अषोज २७, २०८३

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले गत पुस १४ गते पाँच दिनभित्र न्यूनतमसाझा कार्यक्रम ल्याउने उद्घोष गरे । सत्ता साझेदार सबै दलको विचार र दृष्टिकोणलाई समेट्ने गरी साझा न्यूनतम कार्यक्रम ल्याइने उनको भनाइ थियो ।

उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा माओवादी उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवल शमशेर राणा सहित जसपा, जनमत पार्टीका एक–एक जना थप्ने गरी कार्यदल बनाउने निर्णय भयो ।
अहिलेसम्म जसपा र जनमत पार्टीबाट कार्यदलमा कसलाई राख्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । कार्यदलको बैठक एक पटक बसे पनि दोहोर्‍याएर बस्न नसकेको राप्रपाका नेता राणाले बताए । ‘कार्यदलको बैठक एक पटक बस्यो । आ–आफ्नो पार्टीको घोषणापत्र बमोजिम तयारी गरेर ड्राफ्ट ल्याउने सहमति भयो,’ राणाले भने, ‘त्यसपछि कहिले बैठक बस्ने हो, थाहा छैन । अर्थ मन्त्रीज्यूले बोलाउनु भएको छैन । उहाँले जहिले बोलाउनु हुन्छ, त्यहिले बस्छ ।’ तर, आफ्नो पार्टीबाट सामान्य गृहकार्य गरेको राणाले बताए ।
यस्तै रास्वपाका प्रवक्ता ढकालले आ–आफ्नो पार्टीबाट साझा न्यूनतम कार्यक्रममा समेट्ने विषयमा ड्राफ्ट तयार गरेर ल्याउने भनिएपछि दोहोर्‍याएर बैठक बस्न नसकेको स्वीकार गरे । आज वा भोलिसम्म बैठक बसेर साझा न्यूनतम कार्यक्रम ल्याएर घोषणा गरिने ढकालको दाबी छ । गृह मन्त्री लामिछानेले घोषणा गरेको ५ दिन सकिन एक दिन मात्रै बाँकी छ । लामिछानेले भने अनुसार मंगलबार साझा न्यूनतम कार्यक्रम ल्याउनुपर्ने भए पनि त्यस बमोजिम तयारी हुन सकेको छैन । कार्यदलका सदस्यहरूले समेत निर्धारित समय सकिन लाग्दा पनि आफ्नो तर्फबाट तयारी पूरा गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP