शनिबार , बैसाख ६, २०८२

लुम्बिनी प्रदेश सभा सदस्यमा दोश्रो पटक निर्वाचित रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्य सन्तोष पाण्डेले लुम्बिनीलाई पर्यटनको प्रदेश बनाउने बताएका छन् ।

स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा रहेको प्रदेशसभा भवनमा शपथग्रहण कार्यक्रम पश्चात ग्लोबल आवाज संग कुराकानी गर्दै पाण्डेले प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई पर्यटकिय प्रदेश बनाउने परिकल्पना गर्दै पहिलो कार्यकाल सकाएको बताए । उनले अब यसैलाई निरन्तरता दिदै गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखी समग्र प्रदेशलाई पर्यटकिय प्रदेशको रुपमा विकसित गर्ने बताए ।

“विश्वमा लुम्बिनी प्रदेश पर्यटनकै प्रदेश हो भन्ने हिसाबले अगाडी बढाउछौं र चिनाउन सफल हुनेछौं ।” पाण्डेले भने “अर्को तर्फ भौतिक पूर्वाधारको दृष्टिले विगतमा भएका कामलाई निरन्तरता दिदै बहुबर्षिय आयोजनाहरुलाई अगाडी बढाउन पहल गर्नेछु ।” उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरु एक भएर बिकासमा अगाडी बढ्ने र आफुले यसमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP