शनिबार , भाद्र १३, २०८३

पोखरामा बनेको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि आन्तरिकतर्फको उडान सुरू भएको छ।

नयाँ एयरपोर्टबाट आन्तरिक उडान हुन थालेपछि अब पोखराबाट रातको समयमा समेत उडान र अवतरण हुन सक्नेछ।

पोखराको नयाँ एयरपोर्टमा भएको यो सुविधाका कारण देशभरको जहाज डिले हुने समस्यामा थौरै भए पनि राहत मिल्ने देखिएको छ।

यसअघि विमान कम्पनीहरूले पोखरामा राती उडान गर्न नपाउँदा अन्य विमानस्थलका यात्रुलाई कुराएर भए पनि दिउँसोको उज्यालोमै पोखराबाट यात्रु ओसार्न जहाज पठाउने गरेका थिए। जसका कारण अन्य एयरपोर्टमा अबेरसम्म यात्रु जहाज कुर्नुपर्ने बाध्यतामा थिए।

पोखराको नयाँ एयरपोर्ट सञ्चालनमा आउँदा अब मौसमका कारण जहाज डिले हुन सक्ने भएपनि ‘क्यान्सल’ गर्न नपर्ने विमानस्थल प्रमुख विक्रम गौतमले सेतोपाटीलाई बताए।

‘अब यहाँबाट राती उडान र अवतरण हुनसक्छ। त्यसका लागि हामीसँग कम्युनिकेसन र नेभिगेसन इक्युपमेन्ट छ। ग्राउन्डबाट सिग्नल जहाजले पाउने छन् र एटिसीले पनि जहाज कहाँ आइपुग्यो थाहा पाउन सक्छन्,’ गौतमले भने, ‘आज बिहान ११ बजेपछि मात्र मौसम खुल्यो। त्यसपछि एकाएक जहाज आए। अबदेखि राती १२ बजेपछि पनि यहाँबाट उडान गर्न सकिन्छ। डिले हुनसक्छ तर जहाज क्यान्सिल गर्न पर्दैन। पोखराको विजनेश र नाइट लाइफलाई यसले सपोर्ट गर्छ।’

रात्रीकालीन उडान भने फ्रेब्रुअरी २३ देखि ‘इन्सट्रुमेन्ट ल्यान्डिङ’ सुरू गरेपछि गरिने बताए।

नयाँ एयरपोर्टले नेपालको हवाई सुरक्षामा समेत वृद्धि गरेको उनले उल्लेख गरे।

‘पुरानो एयरपोर्टमा नभएको पूरा शरीर स्क्यान गर्ने क्षमता नयाँ एयरपोर्टमा छ। लिक्युड जाँच गर्ने क्षमता पनि थपिएको छ,’ गौतमले भने, ‘रनवे पनि ठूलो भएका कारण सुरक्षित अवतरण गर्न सकियो।’

नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ यात्रु ‘होल्ड’ गर्ने क्षमता समेत धेरै छ।

‘प्यासेन्जर होल्ड गर्ने क्षमता ३०० भन्दा धेरै छ,’ उनले भने, ‘पुरानोमा २ सय ६० थियो। काउन्टरमा फराकिलो ठाउँ भएकाले थप सहज पनि हुन्छ।’

पुरानो विमानस्थलमा ५ वटा विमान पार्किङ गर्न मिल्नेमा अब ९ वटासम्म जहाज पार्किङ गर्न सकिन्छ।

‘आजै एअरबस ३२० सहितका जहाज हाम्रो पार्किङमा राख्यौं,’ उनले भने।

सन् २०१७ जुलाई ११ देखि निर्माण थालिएको नयाँ विमानस्थल साढे ५ वर्षमा निर्माण सम्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP