मंगलबार , असार २३, २०८३

रुपन्देहीको तिलोत्तमामा छाडा कुकुरको सङ्ख्या बढेपछि नियन्त्रणको लागि स्थायी बन्ध्याकरण गर्न सुरु गरिएको छ । बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिकाको पशु शाखाले नियन्त्रण प्रयास थालेको हो ।

नगरपालिका र यूथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चर (थअकब)को आर्थिक सहयोगमा जिल्ला पशु सेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ८० बढी भाले कुकुरलाई भ्यासेक्टोमी र अन्य पोथी कुकुरलाई मिनिल्याप गराएको छ । नगरपालिकाको मंगलापुरस्थित रामजानकी मन्दिर साईडमा रहेको सम्झना युवा परिवारको प्राङ्गणमा रहेको सभाहलमा कुकुरहरु राखेर सोही स्थानमा कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो ।

छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने, सडक दुर्घटना बढ्ने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको पशु सेवा कार्यालयका प्रमुख राजु कुँवरले जानकारी दिए ।

नगरपालिकाभित्रको मुख्य बजार क्षेत्रका ८० वटा छाडा कुकुरलाई १ दिनअघि देखि नियन्त्रणमा लिएर सम्पुर्ण सुबिधा सहित सुरक्षितसाथ बन्ध्याकरण गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP