आइतबार , बैसाख ७, २०८२

मार्कोस रासफोर्डको निर्णायक गोलप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार राति वुल्भ्सलाई १-० को नतिजामा पराजित गरेका छ। वुल्भ्सको मोलिन्योक्स रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा मैदान प्रवेश गरेका रासफोर्डले ७६औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। ब्रुनो फर्नान्डेजले दिएको पासलाई पेनाल्टी एरियाभित्र रिसिभ गरेका रासफोर्डले उत्कृष्ट गोल गरेका थिए।

त्यसको आठ मिनेटपछि रासफोर्डले गरेको अर्को गोल ह्यान्ड भएपछि रेफ्रीले रद्द गरिदिएका थिए।

जितसँगै १६ खेलबाट ३२ अंक जोडेर युनाइेड लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। वुल्भ्स १७ खेलबाट १३ अंक जोडेर १८औं स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP