मंगलबार , बैसाख २९, २०८३

रुपन्देहीका गुरुङ समुदायले आफ्नो मुख्य पर्व ल्होसार साताव्यापी कार्यक्रमसहित मनाएका छन् । हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग ९वर्ष० फेरिने भएकाले ल्होसारलाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउँछन् ।

रुपन्देहीमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदले पुस ११ देखि १५ सम्म विभिन्न रचनात्मक र सामाजिक काम गरेर ल्होसार मनाएको हो । ल्होसारको मुल समारोह पुस १५ गते शुक्रबार बुटवल बेसम्याम्पस्थित बौद्ध बिहारमा विभिन्न सांस्कृतिक कार्यक्रम,सम्मान लगायतका कार्यक्रम गरी मनाइएको हो ।

तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद जिल्ला समिती रुपन्देहीले आयोजना गरेको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य बसन्त घर्तीमगरले उद्घाटन गर्दै गुरुङ समुदाय कला, संस्कृति र परम्पराको धनी रहेको भन्दै तिनीहरुको संरक्षणमा स्थानीइ, प्रदेश र संघीय सरकारको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा नेपाली सेना पश्चिम पृतनाका प्रमुख नवराज तमु, तमु हयुल छोंज धी केन्द्रीय पूर्व संरक्षण सभापति माया तमु,आदिवासी जनजाति महासंघ रुपन्देही अध्यक्ष चित्र तुलाचन, सतिस चौधरी, झपट तमु लगायतले मन्तव्य व्यक्त गरेका थिए । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देही अध्यक्ष विमला तमुको अध्यक्षता र सचिव ओमप्रकाश गुरुङको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

ल्होसारको अवसरमा जिल्ला,नगर र इकाइ समितिहरुले सरसफाई, रक्तदान,अपांग आश्रममा दान, वृहत झांकीसहित नृत्य प्रतियोगिता सम्पन्न गरेका सचिव गुरुङले बताए । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देही अध्यक्ष विमला तमुले पुस १५ देखि गुरुङहरुको नयां वर्ष २६०६ शुरु हुने भन्दै उनले यो वर्ष बाघ वर्गको विदाई गरी बिरालो वर्गको स्वागत गर्दै ल्होसार मनाएको बताइन् । ल्होसार गुरुङ समुदायको सांस्कृतिक पर्व भएको र यसले समुदायलाई एकतावद्ध बनाउने उनको भनाई छ । रुपन्देहीमा करिब ५० हजार र देशभर ८ लाख गुरुङ समुदाय रहेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP