मंगलबार , असार २३, २०८३

लुम्बिनी अलस्टार्सले जारी नेपाल टी २० लिगमा लगातार पाँचौं जित निकालेको छ । हर्मितसिंहको उतकृष्ट बलिङमा काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गर्दै लुम्बिनी विजयी भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रनमा सीमित भयो ।

काठमाडौंका लागि अज्मतुल्लाह ओमारजाईले सर्वाधिक ३८ रनको योगदान गरे । उनले २९ बल खेल्दै ३ छक्का प्रहार गरे । शीर्ष क्रमका तीन ब्याटर शून्यमा आउट हुँदा एलेक्स ब्लेकले ११ रन जोडे । सुमन गौतमले ३२ बलमा १८ रन बनाए । वसिर अहमद १० रनमा पभेलियन फर्कँदा कमल ऐरी १९ रनमा अविजित रहे ।

लुम्बिनीको जितमा हर्मितसिंहले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिएर तीन विकेट लिए । किसोर महत्तो, सेड्ली भान स्केल्कवेक, तिलक भण्डारी र ह्यारि टेकटरले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रनको योगफल तयार गरेको थियो ।

लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४० रन जोडे । ओपनर लाहिरु मिलन्था १८ बलमा २ छक्कासहित २५ रनमा आउट हुँदा कुशल भुर्तेलले १६ बलमा ३ चौकासहित १९ रनको योगदान गरे ।

हर्मितसिंह १२ रन, र अनिल शाह १३ रनमा आउट हुँदा सेड्ली भान स्केल्कवेक २१ रनमा अविजित रहे ।

काठमाडौंको वलिङमा अन्मतुल्लाह ओमारजाईले ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए । अविनाश बोहरा, अनिल खरेल, वसिर अहमद, सुनम गौतम र एलेक्स ब्लेकले समान १ विकेट लिए ।

आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र फार वेस्टर्न युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP