शुक्रबार , भाद्र १२, २०८३

उज्वेकिस्तानमा कफ सिरपको सेवनबाट १८ बालबालिकाको मृत्यु भएको छ । उज्वेकिस्तान्को स्वास्थ्य मन्त्रालयका अनुसार भारतीय औषधि कम्पनी ‘मेरियन बायोटेक’ ले बनाएको सिरप खाँदा बालबालिकाको मृत्यु भएको हो । यो कम्पनी भारतको नोयडामा अवस्थित छ ।

कम्पनीको औषधि ‘डक–१ म्याक्स सिरप’ को सेवनले २१ मध्ये १८ बालबालिकामा श्वासप्रश्वाससम्बन्धी गम्भीर रोगबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । कम्पनीले आफ्नो वेबसाइटमा यो औषधि चिसो र फ्लुको उपचारका लागि भएको बताएको छ ।

सिरपको एक ब्याचमा ‘इथाइलिन ग्लाइकोल’ को मिश्रण पाइएको छ‚ जुन शरीरका लागि विषाक्त पदार्थ हो । मंगलबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त सिरप ‘क्युरम्याक्स मेडिकल’ ले उज्वेकिस्तानमा आयात गरेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा यी सिरपहरू बालबालिकाहरूलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना र फर्मासिस्टको सल्लाहमा चाहिनेभन्दा बढी डोज दिइएको बताइएको छ । उज्वेकिस्तानमा भएको घटना गाम्बियासँग मिल्दोजुल्दो देखिन्छ । यसअघि भारतमै निर्मित कफ सिरपका कारण गाम्बियामा ७० बालबालिकाको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ती सिरपले मिर्गौलामा गम्भीर असर पारेको बताउँदै उक्त कम्पनीद्वारा निर्मित कफ सिरप नखान चेतावनी दिएको थियो । प्रतिबन्धित सिरपमा ‘प्रोम्याथेजिन ओरल सलुसन’, ‘कोफ्याक्समेलिन बेबी सिरप’, ‘मेकअफ बेबी कफ सिरप’ र ‘मेगरिप एन्ड कोल्ड सिरप’ छन् । यी सबै कफ सिरप भारतीय कम्पनी मैदन फर्मास्युटिकल्स लिमिटेडद्वारा हरयानामा बनेका हुन् । तर‚ भारतीय सरकार र कम्पनी दुवैले औषधिमा गल्ती भएको अस्वीकार गरेका थिए ।

इन्डोनेसियामा पनि कफ सिरपकै कारण ९९ जनाको मृत्यु भइसकेको छ । ती सिरपहरूमा पनि इथोलन ग्लाइसोल र डाइथिलीन ग्लाइकोल समावेश भएको पाइएका थिए ।उक्त केशमा पनि बालबालिकामा मिर्गौलाकै समस्या भएको पाइएको थियो । यद्यपि गाम्बियामा प्रयोग गरिएको कफ सिरप इन्डोनेसियामा बिक्री नभएको स्वस्थ्य अधिकारीहरूले बताएका थिए ।

उज्बेक स्वास्थ्य मन्त्रालयले समयमै मृत्युको विश्लेषण नगरेको र आवश्यक सावधानीमा नअपनाएर लापरबाही गरेको आरोपमा सात कर्मचारीलाई बर्खास्त गरेको जनाएको छ । साथै सबै फार्मेसीहरूबाट ‘डक-१ म्याक्स’ ट्याबलेट र सिरपहरू पनि फिर्ता लिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP