बुधबार , असार २४, २०८३

लिड्सलाई हराउँदै साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

लिड्सको घरेलु मैदानमा भएको खेलमा सिटी ३-१ गोल अन्तरमा विजयी भएको हो।

सिटीको जितमा युवा स्टार अर्लिङ हालान्डले कीर्तिमानी गोल गरे। पहिलो हाफमा गोल गर्न निकै संघर्ष गरेको सिटीले इन्जुरी समयमा रोद्रीको गोलबाट सुरूआती अग्रता लियो।

दोस्रो हाफमा भने सिटी सुरुवातदेखि नै लिड्समाथि हाबी भएको सिटीका लागि ५१ औं मिनेटमा हालान्डले गोल गर्दै अग्रता दोब्बर पारे।

उनले ज्याक ग्रिलिसको सहयोगमा गोल गरेका थिए। ६४ औं मिनेटमा पनि ग्रिलियसले पोस्ट नजिकै दिएको पासमा उनले गोल गर्दै सिटीलाई ३ -० को आरामदायी अग्रता दिलाए।

योसँगै २२ वर्षीय हालान्ड प्रिमियर लिगको इतिहासमै सबैभन्दा छिटो २० गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उनले लिगका १४ खेलबाट यो कीर्तिमान बनाएका हुन् ।

७३ औँ मिनेटमा पास्कल स्ट्रुएकले लिड्सका लागि सान्तवाना गोल फर्काए।

यो जितपछि सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी पाँच अंकमा छोट्याएको छ। सिटीको १५ खेलबाट ३५ अंक छ भने आर्सनल ४० अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

तेस्रो स्थानमा रहेको न्यूक्यासलले १६ खेलबाट ३३ अंक जोडेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP