आइतबार , बैसाख ७, २०८२

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासबर्गलाई हराउँदै शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ।

पीएसजीको घरेलु मैदानमा पाहुना टोलीमाथि २-१ गोल अन्तरको जित निकाल्दै आफ्नो अपराजित यात्रालाई १६ औं खेलसम्म पुर्‍याएको हो। पीएसजीको जितमा केलियन एम्बाप्पे नायक साबित भए।

खेलको १४ औं मिनेटमा पीएसजीले सुरूआती अग्रता बनायो। पीएसजीका लागि नेइमारको सहयोगमा मार्किन्होसले गोल गरेका थिए।

५१ औं मिनेटमा मार्किन्होस आफैंले स्ट्रासबर्गलाई उपहार गोल दिएपछि खेल एक- एक गोलको स्थितिमा पुग्यो।

६२ औं मिनेटमा पीएसजी दश खेलाडीमा झर्‍यो। नेइमार दोहोरो पहेँलो कार्ड पाएर मैदान बाहिरिए।

इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले पीएसजीलाई महत्वपूर्ण तीन अंक दिलाए।

गर्जिन्हो नायाम्सीले एम्बाप्पेलाई डि एरियामा एरियामा लडाएपछि पीएसजीले पेनाल्टीको मौका पाएको थियो ।

कतार विश्वकपपछि पहिलो पटक मैदानमा फर्किएका एम्बाप्पेले पेनाल्टीमा कुनै गल्ती गरेनन् ।

खेल अवधिभर ७१ प्रतिशत बलमा पोजिसन राखे पनि घरेलु टोली पीएसजीमा लियोनल मेसीको अभाव भने देखिएको थियो।

अर्जेन्टाइन स्टार मेसी अझै विश्वकप बिदामा छन्। तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीले १६ खेलबाट ४४ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको लेन्सको १५ खेलबाट ३६ अंक भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP