मंगलबार , बैसाख २९, २०८३

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा काशी नोबल एकेडेमी र न्यु होराइजन कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबारको खेलमा काशीले मुनलाइट उच्च माविलाई ७ विकेट र न्यु होराइजनले सिद्धार्थ इन्टरनेशनल कलेजलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेका हुन् ।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको मुनलाइटले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनको सामान्य लक्ष्य पेश गर्याे । उसका लागि अनिष यादवले १५, शिवकान्त यादव र जावेद मुस्तफा पठान खानले समान १३–१३ रन जोडे । बलिङमा उसलाई सस्तैमा रोक्न काशीका शंकर रानाले ४, सुप्रित घिमिरेले ३, शेजाद आलमले २ र सन्देश जिसीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको काशीले ११ दशमलब १ ओेभरमा ३ विकेटको नोक्सानीमा ७५ रन बनाउँदै लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा शेजाद आलमले नटआउट २८ र शंकर रानाले १४ रनको योगदान दिए । बलिङमा मुनलाइटका अनिष यादवले २ तथा प्रदीप साहनीले १ विकेट लिए । काशीका शंकर राना म्यान अफ द म्याच भई पुरस्कृत भए ।

यस्तै, दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिद्धार्थले निर्धारित खेलमा ९ विकेटको क्षतिमा ९४ रन बनायो । उसका लागि दीपक डुम्रेले ३६ र निरज भण्डारीले १३ रन बनाए । बलिङमा न्यु होराइजनका सुमित पराजुली र निर्मल गुरुङले २–२ तथा महेश भर, अमर मिश्रा र प्रकाश गिरीले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको न्यु होराइजनले १० ओभर ५ बलमा २ विकेटको नोक्सानीमा ९५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा अमर मिश्राले ३२, प्रकाश गिरीले नटआउट २५, संकेत भट्टराईले १८ र निश्चल ज्ञवालीले नटआउट १६ रनको योगदान दिए । बलिङमा सिद्धार्थका जितेन्द्र साहनीले १ विकेट लिए । खेलमा न्यु होराइजनका सुमित पराजुली म्यान अफ द म्याच भई पुरस्कृत भए ।

पुस १६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साईग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP