शुक्रबार , भाद्र १२, २०८३

इङ्लिस प्रिमियर लिगमा मंगलबार राति चेल्सीले बर्नमाउथमाथि २–० को सहज जित निकालेको छ।

चेल्सीको घरेलु मैदान चेल्सीले स्टामफोर्ड ब्रिजमा भएको खेलको १६ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई सुरूआती अग्रता दिलाए।

रहिम स्टर्लिङले दिएको क्रसलाई हाभर्ट्जले गोल गरेका थिए। त्यसको आठ मिनेट नबित्दै म्यासन माउन्टले गरेको गोलसँगै चेल्सीले अग्रता दोब्बर पार्‍यो।

यहीँ अग्रता जोगाउँदै चेल्सीले विश्वकपपछिको पहिलो खेलमै जित हात पार्दै प्रिमियर लिगको सिजन पुनः सुरू गर्‍यो।

विश्वकपको लागि ब्रेकअघि लगातार तीन खेलमा गोल गर्न नसकेको चेल्सीलाई यो नतिजापछि शीर्ष चारको आशा बढाएको छ।

१५ खेलबाट २४ अंक जोडेको चेल्सी तालिकाको आठौं स्थानमा उक्लिएको छ। चेल्सी चौथो स्थानमा रहेको टोटनह्यामभन्दा ६ अंकले पछि छ। पराजित बोर्नेमाउथ १६ अंकसहित १४ औं स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP