मंगलबार , बैसाख २९, २०८३

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । सेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमणीय र सुखद् यात्राको योग छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । तीर्थाटनको योग पनि रहेको छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आकस्मिक धन लाभ हुनसक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । दक्षतामा विभिन्न कार्यहरू पनि सम्पन्न हुनेछन् ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । कुनै चिन्ता पर्ने समाचार सुन्नु पर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ संयम रहनु होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न नसकिएला । खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मानसिक चञ्चलता बढ्ने र कार्यक्रममा विघ्नबाधा आउनसक्छ । हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP