मंगलबार , अषोज २७, २०८३

काठमाडौं। शुक्रवार नेपाल निजामती कर्मचारी सङ्गठनको उपत्यका प्रदेश कार्यसमितिले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो। झन्डै दुई सय जना कर्मचारीहरूको उपस्थितिमा राजधानीको जिसस हलमा कार्यक्रम भइरहेको थियो। कार्यक्रमका प्रमुख अतिथि थिए ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी। डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड हुँदै नेकपा विभाजन पछि रायमाझी अहिले ओली क्याम्पमा प्रवेश गरेका छन्।

प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमसँगै विभाजित भएको नेकपाका दुवै समूहले छुट्टा छुट्टै राजनीतिक कार्यक्रम गरिरहेका छन्। नेकपा विभाजनसँगै ओली खेमा पुगेका रायमाझीले पनि पछिल्लो समय सार्वजनिक कार्यक्रममा आफ्ना पूर्व नेताहरुमाथि टिप्पणी गरिरहेका छन्। शुक्रवार पनि रायमाझीले सम्बोधनको सुरुवातमै नेकपाको प्रचण्ड-नेपाल पक्षमाथि कडा रूपमा प्रस्तुत भए। संसद पुनर्स्थापना भएपछि प्रचण्ड-नेपालले लड्डु खाएको प्रसंग रायमाझीले निकाले। उनी त्यतिमा मात्र रोकिएनन्।

‘हामी यहाँ छौं’ भनेर लेखिएको प्लेट कार्ड बोकेर प्रचण्ड-नेपाल पक्ष धर्नामा बसेको प्रसंग उक्काए टिप्पाणी गर्न थाले। शुक्रबार पनि प्रचण्ड-नेपाल पक्षविरुद्ध बोलेर उत्साह जनक हुटिङ पाउने अपेक्षा रायमाझीले राखेका थिए होलान्। तर त्यसो हुन सकेन। कर्मचारीको कार्यक्रममा राजनीतिक भाषण र छेडखानी गरिएको प्रति कर्मचारी खुसी थिएनन्। रायमाझीको सम्बोधनको बिचमै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी उठेर उनको प्रतिवाद गरे।

‘मन्त्रीज्यू के बोल्दै हुनुहुन्छ, यहाँ लड्डु खानेहरू पनि छन्, खुवाउनेहरू पनि छन्, कर्मचारीको कार्यक्रममा कर्मचारीसँग सम्बन्धित विषयमा मात्र कुरा गर्नुस्,’ भण्डारीले बिचमै उठेर भने। उनको प्रतिवाद सँगै माहौल केही ब्रिग्रियो। कार्यक्रममा ओली समूहका कर्मचारीको बाहुल्यता थियो। भण्डारीले प्रतिवाद गरेपछि उनीसँग केही ओली समूह निकट कर्मचारीले पनि आक्रोश व्यक्त गरे। भण्डारीले थप आक्रोशित हुँदै आफू सबैसँग भिड्न तयार बताए।

पार्टी विभाजन भए पनि नेकपा निकट नेपाल निजामती कर्मचारी संगठन भने विभाजित भएको छैन। आफूलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएपछि रायमाझीले ओली निकट कर्मचारी मात्र उपस्थित हुन सक्ने आंकलन गरेका हुन सक्छन्। तर कार्यक्रममा नेकपाको प्रचण्ड-नेपाल पक्ष निकट कर्मचारीहरू पनि उपस्थित थिए। उनीहरूले सम्बोधनका क्रममा बिचमै प्रतिवाद भएपछि रायमाझी कालो निलो भए। यद्यपि उनले क्षमायाचना सहित विवादलाई मत्थर पार्ने प्रयास गरे।

कार्यक्रममा सहभागी एक कर्मचारीका अनुसार झण्डै दुई मिनेट जति हंगामा मच्चिएको थियो। अन्तमा मन्त्री रायमाझी यूर्टन भए। रायमाझीले आफूले माधव नेपाल र प्रचण्डलाई मात्र नभएर ओलीलाई पनि गाली गरेको बताए। उनले भनेका थिए, ‘उहाँले भनेको कुरा सही हो। प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन गर्ने कदम गलत नै थियो, गलतलाई गलत नै भन्नुपर्छ। उहाँले ठिक भन्नुभएको छ। म त ओली समर्थक मात्र हुनुहोला भनेर तपाईंहरूको लागि बोलेको थिएँ। तर संगठन फुटेको रहेनछ, नफुट्नुस्, जुट्नुस्, तपाईंहरू सही हुनुहुन्छ। ओलीको कदम गलत छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP