सोमबार , जेठ १३, २०८२

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-२६ कालिका चोकमा ग.२ ख १२४० नम्बरको टिपरले ग.१४ प १३०६ नम्बरको स्कूटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कूटर चालक सोही महानगरपालिका-२८ कालिका बस्ने ६२ वर्षीय कृतिराम पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कास्कीकै पोखरा महानगरपालिका-२५ हेम्जा सुन्दरपुरी चोकमा ग.१७ प ७३४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर बिकको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ स्थित सडकमा से.२ त २३४३ नम्बरको ट्याक्टर पल्टिएर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका-५ बस्ने २८ वर्षीय मंगल धामी सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत


TOP