सोमबार , अषोज २६, २०८३

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-२६ कालिका चोकमा ग.२ ख १२४० नम्बरको टिपरले ग.१४ प १३०६ नम्बरको स्कूटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कूटर चालक सोही महानगरपालिका-२८ कालिका बस्ने ६२ वर्षीय कृतिराम पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कास्कीकै पोखरा महानगरपालिका-२५ हेम्जा सुन्दरपुरी चोकमा ग.१७ प ७३४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर बिकको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ स्थित सडकमा से.२ त २३४३ नम्बरको ट्याक्टर पल्टिएर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका-५ बस्ने २८ वर्षीय मंगल धामी सहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP