सोमबार , अषोज २६, २०८३

पुस २२ गतेदेखि प्रदर्शन हुने हरर फिल्म ‘चि मुसी चि: इभन डेड डिजायर बिलङ्गिङ’ काे पहिलो गीत सार्वजनिक गरिएको छ।

सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्ममा समावेशी ‘कथा’ बोलको गीत सार्वजनिक गरिएको हो।

विराज गौतम र त्रिशला गुरुङको स्वर रहेको गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडालाई देख्न सकिन्छ।

सौरव श्रेष्ठ र विराज गौतमको शब्द रहेको गीतमा रोहित शाक्यले संगीत भरेका छन् भने संगीत संयोजन रोहित र विराजको रहेको छ।

गायिका त्रिशलाले ‘चि मुसी चि’ जस्तो हरर थ्रिलर फिल्ममा स्वर दिन पाउँदा खुशी व्यक्त गरिन्। निर्देशक मर्ण जेम्सले पनि फिल्ममा कथाको मर्म बुझाउन पनि ‘कथा’ गीत समावेश गरिएको बताइन्।

एमी स्टुडिओ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ।

यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन्। फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ।

सुशन प्रजापतिले छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP