शनिबार , जेठ २५, २०८२

पुस २२ गतेदेखि प्रदर्शन हुने हरर फिल्म ‘चि मुसी चि: इभन डेड डिजायर बिलङ्गिङ’ काे पहिलो गीत सार्वजनिक गरिएको छ।

सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्ममा समावेशी ‘कथा’ बोलको गीत सार्वजनिक गरिएको हो।

विराज गौतम र त्रिशला गुरुङको स्वर रहेको गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडालाई देख्न सकिन्छ।

सौरव श्रेष्ठ र विराज गौतमको शब्द रहेको गीतमा रोहित शाक्यले संगीत भरेका छन् भने संगीत संयोजन रोहित र विराजको रहेको छ।

गायिका त्रिशलाले ‘चि मुसी चि’ जस्तो हरर थ्रिलर फिल्ममा स्वर दिन पाउँदा खुशी व्यक्त गरिन्। निर्देशक मर्ण जेम्सले पनि फिल्ममा कथाको मर्म बुझाउन पनि ‘कथा’ गीत समावेश गरिएको बताइन्।

एमी स्टुडिओ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ।

यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन्। फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ।

सुशन प्रजापतिले छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP