शुक्रबार , जेठ २४, २०८२

साढे दुई वर्षअघि आफ्नै फ्ल्याटमा मृत भेटिएका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी गरिएको छ।

प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै केस बन्द गरे पनि अस्पतालका कर्मचारीले हत्या भएको दाबी गरेका छन्।

भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार कूपर अस्पतालको शवगृहका कर्मचारी रूपकुमार शाहले अभिनेता सुशान्तको हत्या भएको दाबी गरेका हुन्। उनी सुशान्तको पोस्टमार्टममा सहभागी थिए।

‘सुशान्तको शव पोस्टमार्टमका लागि ल्याउँदा उनको शरीरमा चोटपटक लागेको थियो। उनको घाँटीमा पनि दुई/तीन वटा चोट थियो। यस पूरै प्रक्रियालाई रेकर्ड गर्न आवश्यक थियो तर उच्च अधिकारीहरूले शरीरको मात्र तस्बिर लिन आदेश दिएका थिए। मैले उनीहरूले दिएको आदेश पालना गर्नुपर्याे,’ उनले भने।

उनले पहिलो पटक सुशान्तको शव हेर्ने बित्तिकै आत्महत्या होइन हत्या लागेको बताए। शाहका अनुसार पोस्टमार्टमको भिडिओ रेकर्डिङलाई अनुमति दिइएको थिएन। त्यसैले अन्तिम समयमा सुशान्तको शवको अवस्थाको कुनै प्रमाण छैन।

पोस्टमार्टम रिपोर्टमा सुशान्तको झुन्डिएका कारण मृत्यु भएको उल्लेख गरिएको थियो।

यसै विषयमा सुशान्तका वकिल विकास सिंहको प्रतिक्रिया आएको छ। उनले सुशान्तको केसमा षड्यन्त्र भएको बताउँदै सिबिआई पनि उक्त षड्यन्त्रमा सहभागी भएको आशंका व्यक्ति गरेका छन्।

१४ जुन सन् २०२० मा अभिनेता सुशान्त बान्द्राको आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा भेटिएका थिए। सुरुमा घटनालाई आत्महत्या भने पनि मिडिया र सामाजिक सञ्जालको दबाबका बीच घटनाको अनुसन्धानको जिम्मा सिबिआईलाई सुम्पिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP