सोमबार , जेठ १३, २०८२

राष्ट्रिय भूमि आयोग रुपन्देहीले अब्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । आयोगले बुटवल उपमहामनगरपालिका र मायादेवी गाउँपालिकाबाट जग्गाधनी प्रमाणपत्र वितरण सुरु गरेको हो ।
सोमबार बुटवल उपमहानगरपालिका बुटवल वडा नं. १९ का १२ जना र मायादेवीको वडा नं. ८ का ६ जना गरी १८ जना जग्गाधनीलाई आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला,जिल्ला अध्यक्ष हरिबहादुर आचार्यले जग्गाधनी प्रमाणपत्र वितरण गरेका छन् ।
आयोगका केन्द्रीय अध्यक्ष निरौलाले संविधानमा नै भुमिहीनलाई जग्गाको स्वामित्व दिने ब्यवस्था भएकाले आयोगले सोही अनुसार काम गरेको बताए । भूमि आयोग र स्थानीय तहको समन्वयबाट नै जग्गाको नापँचाज हुँदै लालपुर्जा वितरण सम्भब भएको उनले बताए ।
जिल्लामा करिब १ लाख अब्यवस्थित, सुकुम्बासी तथा भूमिहिन रहेको आयोगका जिल्ला अध्यक्ष हरिबहादुर आचार्यले बताए । अहिले बुटवल, देवदह, सैनामैना, कञ्चन, मायादेवी र सिद्धार्थनगरमा नापजांच सकिएर लालपुर्जा वितरणको अन्तिम चरणमा रहेको आचार्यले बताए । जग्गाधनी प्रमाणपत्र तयार भएपनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनीले प्रमाणपत्र लिन नसकेको भन्दै उनले सरकारले राजश्वको दरलाई कम गर्नुपर्ने सुझाव दिए ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले अब्यवस्थित जग्गाको ब्लक छुट्टाइएको र नापँचाज भएका जग्गाको विधि, प्रक्रिया कानुन अनुसार लालपुर्जा वितरण गरिएको बताए । बुटवलमा अब्यवस्थित बसोबासीको समस्या धेरै रहेको बताउँदै राष्ट्रिय भूमि आयोगले आफ्नो कामलाई तिव्रता दिएर जनतालाई आफ्नो जग्गाको मालिक बनाउनु पर्नेमा उनले जोड दिए ।
बुटवलमा करिब ३० हजार अब्यवस्थित रुपमा बसोबासमा रहेको उपमहानगपालिकाले जनाएको छ । आयोगका बिज्ञ सदस्य बद्रे आलमले रुपन्देहीका १० वटा पालिकामा आयोगले कामलाई तिव्रता दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत


TOP