शुक्रबार , जेठ २४, २०८२

तेहरान । इरानमा १९७९ इस्लामिक क्रान्तिपछिको सबैभन्दा लामो सरकार विरोधी प्रदर्शनले शासनलाई हल्लाएको छ तर जनताले भने ठूलो मूल्य चुकाउनु परेको छ । सरकार विरोधी प्रदर्शन १०० दिन पुगेको छ । प्रदर्शनका क्रममा ठूलो मानवीय क्षति भएको छ ।

प्रदर्शनका क्रममा ६९ बालबालिकासहित ५०० जनको मृत्यु भएको मानवअधिकार अभियन्ताको समाचार एजेन्सी (एचआरएएनए) ले जनाएको छ । दुई प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको छ र कम्तिमा २६ अन्यले उस्तै नियतिको सामना गरिरहेका छन्, जसलाई एम्नेस्टी इन्टरनेसनलले ‘लज्जास्पद मुद्दा’ भनेको छ ।

यद्यपि, यसअघि सन् २०१७ र सन् २०१९ मा भएका राष्ट्रव्यापी प्रदर्शनहरूले इरानमा यसअघि पनि प्रभाव पारेको तर जारी प्रदर्शन अद्वितीय भएको बताइन्छ किनभने प्रदर्शनमा समाजका विभिन्न वर्ग र समुदायका मानिसहरू समावेश छन् । महिलाहरू ‘महिला, जीवन, र स्वतन्त्रता’ नाराअन्तर्गत प्रदर्शनमा देखिएका छन् । केही इरानी सेलिब्रेटीहरूले विरोध प्रदर्शनलाई समर्थन गर्न अपरिवर्तनीय कदमहरू चालेका छन्, जसले उनीहरूलाई गिरफ्तार वा निर्वासनमा पुर्‍याएको छ ।

प्रख्यात इरानी अभिनेत्री तरानेह अलिदुस्तीले एक युवा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएकोमा निन्दा गरेपछि उनलाई कुख्यात इभिन जेलमा राखिएको छ । यसअघि, उनले अनिवार्य बुर्का बिनाको आफ्नो तस्बिर सार्वजनिक गरेकी थिइन । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP