मंगलबार , अषोज २७, २०८३

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका स्थायी समिति सदस्य घनश्याम भुसालले रुपन्देहीको मोतिपुरमा आफ्नो हक माग्न गएका स्थानीयमाथि काम चलाउ सरकारका दुई मन्त्री (अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्ट) ले दमन पूर्ण व्यवहार गरेको बताएका छन् । आज साँझ भुसालले एक बिज्ञप्ति प्रकाशित गर्दै ढल्नै लागेको सरकारका दुई मन्त्रीले स्थानीय बासिन्दामाथि गरेको दमनको ‘हिसाब–किताब’ हुने चेतावनी दिएका छन्।

औद्योगिक क्षेत्र विकास लिमिटेडले स्थानीबासीसँग गरेको सम्झौता विपरित आज दिउँसो बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतिपुरमा मन्त्री द्वय अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट औद्योगिक कोरिडोरको शिलान्यास गर्न पुगे पछि स्थानीय र प्रहरी बीच पटक पटक झडप भएको थियो । झडपका क्रममा ६ जना स्थानीयबासी र १ जना प्रहरी घाईते भएका थिए ।

पूर्वमन्त्री समेत रहेका नेकपाका नेता भुसालले बिज्ञप्तिमा स्थानीयसँगको ‘सहमति तोडेर ढल्दै गरेको सरकारका मन्त्रीहरुले सयौं सुरक्षाकर्मीका घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको नाङ्गो नाच’ प्रदर्शन गरेको उल्लेख गरेका छन् ।

भुसालले वातावरणीय प्रभाव मुल्याङ्कन नगरि र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अधिकारीहरुसँग भएको स्थानीयबासीको सहमति विपरित मन्त्री द्वयबाट शिलान्यासको काम भएको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ–‘आफ्नो हक अधिकारको रक्षाका लागि उभिएका स्थानीय निहत्था नागरिक, खासगरी युवा र महिलाहरुमाथि आज जुन दमन गरेका छन्, अपमानित गरेका छन् र घाइते बनाएका छन् ती अपराधीहरुलाई जनताको परिक्षामा खडा गरिनेछ ।’

विज्ञप्तिमा जनतालाई औद्योगिक क्षेत्र बन्दैछ भन्ने हल्ला चलाएर जग्गा दलालीकालागि वातावरण बनाउनु बाहेक तथाकथित शिलान्यासको कुनै अर्थ नभएको उल्लेख गरेका छन् ।

भुसालले अघिल्लो निर्वाचनमा चुनावमा उम्मेदवार भएर भोटमाग्न जाँदा वर्तमान अर्थमन्त्री मन्त्री विष्णु पौडेलले ‘स्थानीय बासिन्दाको समस्या समाधान नभइकन करिडोरबारे कुनै काम शुरु भए मैले राजनीतिबाटै सन्यास लिनेछु’ भनेर पटक–पटक बाचा गरेको कुरा विज्ञप्तिमा स्मरण गराएका छन् । उनले आफ्नै प्रतिबद्धता विपरित पौडेलको निर्देशनमा गाँउलेमाथि लाठी बर्षाईएको बताएका छन् ।

उनले विज्ञप्तिमा नागरिकका तर्फबाट भएको विरोध–प्रतिरोधलाई समर्थन गरेको समेत बताएका छन् ।

स्थानीयबासीको लगातारको विरोधलाई बेवास्ता गर्दै औद्योगिक क्षेत्र विकास लिमिटेडले आज मध्यान्ह अर्थमन्त्री पौडेल र उद्योग मन्त्री भट्टलाई लगेर शिलान्यास गराएको थियो । शिलान्यास कार्यक्रम सकिएलगत्तै स्थानीयले शिलान्यासको शिलालेख र शिलान्यास स्थल भत्काईदिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP