मंगलबार , अषोज २७, २०८३

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको विकास र समृद्धिका महत्वपूर्ण अभियानको कार्यान्वयनमा दुविधा नराख्न आग्रह गरेका छन् । अर्थमन्त्री पौडेलले रुपन्देहीको मोतिपुरमा निर्माण हुने मोतीपुर औद्योगिक कोरिडोरको शिलान्यासका क्रममा भएको घटनाका बारेमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा विकासका सन्दर्भमा जनतालाई भ्रम सिर्जना गरी उक्साउने गरिएको भए पनि जनताले ती भ्रमलाई विस्तारै बुझेर विकासको अभियानलाई सफल बनाउने समेत बताए ।

भ्रम सिर्जना गरेर औद्योगिक विकासको महाअभियानलाई पर्दा भित्रबाट केही मानिसलाई उक्साउने काम गरिएको भए पनि आयोजनाको काम आजबाट औपचारिक रुपमा प्रारम्भ भएको उहाँले बताए । उनले औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढ्ने र यसमा स्वदेशी लगानीकर्ताको प्रोत्साहन र विदेशी लगानीकर्तालाई सबै प्रकारका सुरक्षाको सुनिश्चितता गरेर लगानी भित्र्याउने बताए । उनले भने “आज शिलान्यास सम्पन्न भयो । एक महिनापछि हेर्नुस्, कति काम हुन्छ, पत्रकारहरुले समाचार रिपोर्टिङ गर्नुस् ।”
अर्थमन्त्री पौडेलले मोतीपुर औद्योगिक क्षेत्रले ओगटेका जग्गा सरकारले कुनै व्यक्ति विशेषको नभएर सरकारी जग्गा कानूनसम्मत ढङ्गले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा आएको बताउँदै विकास विरोधीले नागरिकमा विस्थापित गराउने भन्दै भ्रम सिर्जना गरेको बताए।

उनले सरकारले सबै खाले दलित भूमिहीन र सुकुम्वासीलाई जमिनको मालिक बनाउने कार्यक्रमअन्तर्गत आयोगमार्फत देशव्यापी अभियान सुरु भएको बताए ।

उनले यही सरकारले सबै खाले भूमिहीनलाई जग्गा उपलब्ध गराएर सधैँका लागि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीका समस्या समाधान गर्न लागेको बताए । उनले भने “रुपन्देहीमा सबैभन्दा पहिले मोतीपुर औद्योगिक क्षेत्रका जनतालाई पुर्जा वितरण गर्न आयोगलाई आग्रह गर्छु ।”

उनले औद्योगिक क्षेत्रको पूर्वाधारको काम आगामी दुई वर्षभित्र सम्पन्न हुने उद्योग स्थापनाका लागि आह्वान गरिने र पाँच वर्षमा अत्याधुनिक औद्योगिक पार्कको रुपमा स्थापना हुने बताउँदै उद्योगमा लगानी गर्न चाहनेका लागि राज्यले सुरक्षा तथा स्थानीय जनताले साथ र सहयोग दिने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले मोतीपुर औद्योगिक क्षेत्रमा ठूला, मझौला र साना गरी तीन प्रकारका उद्योग स्थापना गर्ने योजनासहित संरचना निर्माण गर्ने बताए । उनले औद्योगिक क्षेत्रमा आन्तरिक लगानी केन्द्रित गर्ने र बाह्य लगानी आकर्षित गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको बताए ।

मन्त्री भट्टले शिलान्यास कार्यक्रममा भएको घटनाका बारेमा केही आत्मकेन्द्रित प्रवृत्तिका व्यक्तिले राजनीतिक रुपमा विकासलाई भन्दा आग्रह पूर्वाग्रहलाई हेर्ने र स्वार्थकेन्द्रित पक्षलाई ध्यान दिएको टिप्पणी गरे ।

उनले औद्योगिक क्षेत्र स्थापनाले स्थानीयले नै सबैभन्दा बढी प्रतिफल पाउने बताउँदै उनले बसेकालाई विस्थापित गर्ने नभएर सरकारको नीति बमोजिम अव्यवस्थित बसोवासलाई भूमि आयोगमार्फत व्यवस्थित गरिने बताए ।

औद्योगिक क्षेत्रको शिलान्यासपछि मञ्चमा कार्यक्रम भइरहँदा आन्दोलनकारीले माइकको लाइन काटिदिएका थिए । उनीहरुले मञ्चमा ढुङ्गामुढा समेत गरेका थिए ।

मोतीपुर औद्योगिक क्षेत्रको स्वामित्वमा रहेको ८१३ बिगाहा जग्गा र स्वामित्वमा आउन १३३.४६ बिगाहा जग्गासहित ९४६.४६ बिगाहा जग्गामा औद्योगिक क्षेत्र निर्माण हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।

उनले औद्योगिक क्षेत्रको निर्माणका लागि सरकारले विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न गरिसकेकाले यसका लागि रु १२ अर्ब बजेट अनुमान गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP