शुक्रबार , चैत्र २८, २०८१

विश्वकपका कारण नोभेम्बरमा रोकिएको इङ्लिस प्रिमियर लिगमा सोमबार ब्रेन्टफोर्ड र टोटनहमले २–२ गोलको बराबरी खेलेका छन्। ब्रेन्टफोर्डको मैदानमा भएको खेलको पहिलो हाफमा घरेलु टिमले १–० को अग्रता लिएको थियो।

भिटाली यानेन्टले गरेको गोलसँगै मध्यान्तर अगाडि १–० को अवस्थामा रहेको ब्रेन्टफोर्डले दोस्रो हाफको सुरुआतमा अग्रता दोब्बर पारेको थियो। इभान टोनेले ५४औं मिनेटमा क्रिस्टियन नोडगार्डको पासलाई गोलमा परिणत गर्दै अग्रता २–० मा पुर्याएका थिए।

त्यसको ११ मिनेटपछि ह्यारी केनले टोटनहमका लागि पहिलो गोल फर्काएका थिए। क्लेमेट लङ्गलेटको पासलाई केनले गोलमा परिणत गरेका थिए। लङ्लेटले पेनाल्टी एरिया अगाडिबाट दिएको क्रसलाई केनले ६ यार्ड बक्स अगाडिबाट हेडरमार्फत गोल गरेका थिए।

त्यसपछि ७१औं मिनेटमा पिएर एमिल होइबर्गले गरेको गोलसँगै टोटनहमले बराबरी गर्यो। डेजान कलुभ्सेभ्स्कीले दिएको पास ब्रेन्टफोर्डका खेलाडीलाई लागेर पेनाल्टी एरियामा रहेका होइबर्ग अगाडि आइपुगेको थियो। सोही मौकाको फाइदा उठाउँदै होइबर्गले टोटनहमलाई हारबाट जोगाए।

बराबरीसँगै १६ खेलबाट ३० अंक जोडेको टोटनहम चौथो स्थानमा छ। समान खेलबाट २० अंकसहित ब्रेन्टफोर्ड नवौं स्थानमा छ। लिग लिडर आर्सनलको १४ खेलबाट ३७ अंक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP