शुक्रबार , भाद्र १२, २०८३

विश्वकपका कारण नोभेम्बरमा रोकिएको इङ्लिस प्रिमियर लिगमा सोमबार ब्रेन्टफोर्ड र टोटनहमले २–२ गोलको बराबरी खेलेका छन्। ब्रेन्टफोर्डको मैदानमा भएको खेलको पहिलो हाफमा घरेलु टिमले १–० को अग्रता लिएको थियो।

भिटाली यानेन्टले गरेको गोलसँगै मध्यान्तर अगाडि १–० को अवस्थामा रहेको ब्रेन्टफोर्डले दोस्रो हाफको सुरुआतमा अग्रता दोब्बर पारेको थियो। इभान टोनेले ५४औं मिनेटमा क्रिस्टियन नोडगार्डको पासलाई गोलमा परिणत गर्दै अग्रता २–० मा पुर्याएका थिए।

त्यसको ११ मिनेटपछि ह्यारी केनले टोटनहमका लागि पहिलो गोल फर्काएका थिए। क्लेमेट लङ्गलेटको पासलाई केनले गोलमा परिणत गरेका थिए। लङ्लेटले पेनाल्टी एरिया अगाडिबाट दिएको क्रसलाई केनले ६ यार्ड बक्स अगाडिबाट हेडरमार्फत गोल गरेका थिए।

त्यसपछि ७१औं मिनेटमा पिएर एमिल होइबर्गले गरेको गोलसँगै टोटनहमले बराबरी गर्यो। डेजान कलुभ्सेभ्स्कीले दिएको पास ब्रेन्टफोर्डका खेलाडीलाई लागेर पेनाल्टी एरियामा रहेका होइबर्ग अगाडि आइपुगेको थियो। सोही मौकाको फाइदा उठाउँदै होइबर्गले टोटनहमलाई हारबाट जोगाए।

बराबरीसँगै १६ खेलबाट ३० अंक जोडेको टोटनहम चौथो स्थानमा छ। समान खेलबाट २० अंकसहित ब्रेन्टफोर्ड नवौं स्थानमा छ। लिग लिडर आर्सनलको १४ खेलबाट ३७ अंक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP