सोमबार , अषोज २६, २०८३

नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज आफ्नो नेतृ्त्वमा मन्त्रिमण्डल गठन गर्दैछन्। प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्ने पक्का भएका छन्।

पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै सोमबार बिहानैदेखि सेयर बजार चम्किएको हो।

लगानीकर्ताहरुले रुचाइएका अर्थमन्त्रीभित्र पौडेल पर्छन्। उनको कार्यकालमा सेयर बजारले राम्रो उचाइ लिएको लगानीकर्ताहरु बताउँछन्। फेरी उनै पौडेललाई अर्थमन्त्रीका रुपमा पाउने भएपछि लगानीकर्ताहरु हौसिएका छन्। गुमाएको लगानी फिर्ता गर्ने आशमा लगानीकर्ताहरु रहेका छन्।

आज नेप्पे परिसूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको छ। यो ३ प्रतिशतभन्दा बढि हो। सेन्सेटिभ इण्डेक्स ८.३८ अंकले बढेर ३७५.४४ विन्दुमा पुगेको छ। कारोबारमा आएका १२ समूहको सूचक सकारात्मक देखिएका छन्।

यसदिन फाइनान्स समूहको सूचक ६.५२ प्रतिशतले बढ्यो। हाइड्रोपावरको ५.१६ ,डेभलपमेन्टको ४.६६ र इन्भेस्टमेन्टको सूचक ४.१७ प्रतिशतले वृद्धि भयो। यस्तै बैंकिङ,नन लाइफ इन्स्‍योरेन्स र ट्रेडिङ समूहको सूचक ३ प्रतिशत बढिले उकालो लाग्यो।

माइक्रो फाइनान्स, मनु एन्ड प्रो, लाइफ इन्स्योरेन्स र होटल्स एन्ड टुरिजम समूहको सूचक २ प्रतिशतले बढिले वृद्धि भयो। म्युचुअल फण्डको सूचक १ प्रतिशतले बढ्यो।

१२ समूहको सूचक सकारात्मक देखिएको बजारमा अदर्श समूहको सूचक भने नकारात्मक देखियो।

यसदिन २५० कम्पनीको सेयर कारोबार भयो। ५६ लाख ५३ हजार ०५३ कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँमा खरिदबिक्री भयो।

करिब १ दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारिमा बढ्दा १० कम्पनीको मूल्य ८ प्रतिशत बढिले बढ्यो।

कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड बढी रुपैयाँको सेयर कारोबार भयो।

यस्तै हिमालयन डिस्टलरी ११ अर्बमाथिको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्‍यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP