मंगलबार , अषोज २७, २०८३

मानव शरीरसँग जोडिएका धेरै तथ्य छन्। तीमध्ये कतिपय हामी जान्दछौं भने कतिपयका बारेमा केही थाहा पाएकै छैनौं। हरेक व्यक्तिको अलग–अलग स्वाभाव भएजस्तै मानसिकता पनि अलग–अलग हुन्छ। हरेकले आफ्नै मनोविज्ञान अनुसार व्यवहार गरिरहेका हुन्छन्। मानवमा हुने मनोविज्ञानका बारेमा केही तथ्य यस्ता छन्।

जो मानिस गाली गरेको सजिलै बुझ्न सक्छन्, उनीहरूमध्ये धेरैजसो अन्य व्यक्तिको दिमाग पढ्न सक्षम हुन्छन्।
मानिसले जस्तो कपडा लगाउँछन्, उनीहरूको मुड पनि त्यो दिन त्यस्तै हुन्छ।
जो मानिस धेरै कसम खान्छन्, उनीहरूमध्ये प्रायःजसो इमान्दार हुन्छन्।
यदि तपाईं कसैलाई केही सुनाउँदै हुनुहुन्छ, उ चुप लागेर मात्रै बसिरहेको छ भने बुझ्नुहोस्, उसलाई तपाईंको कुरा मन परिरहेको छैन।
जसले अरूको कुभलो चिताउँछ, उसमा आत्मविश्वासको कमी हुन्छ।
८० प्रतिशत मानिस नकारात्मक विचारबाट छुटकारा पाउन संगीत सुन्छन्।
नकारात्मक विचार मनमा ल्यायो भने मानिस बिरामी भएजस्तै महसुस गर्छन्।
कुनै मुर्खतापूर्ण प्रश्नको उत्तर तुरुन्त दिनसक्नेको दिमाग अन्य मानिसको भन्दा तन्दुरुस्त हुन्छ।
हामी अरुका लागि जति खर्च गर्छौ, त्यत्ति नै खुसी रहन्छौं।
यदि कोही नङ टोक्दैछन् भने बुझ्नुपर्छ उनीहरू तनावमा छन्। जीवनको १८ देखि ३३ वर्षको उमेरका मानिस सबैभन्दा धेरै तनावमा रहन्छन्।
कुनै पनि मानिसलाई प्रेममा पर्न लगभग ४ मिनेट नै काफी हुन्छ।
हास्यकलाकार अन्य व्यक्तिको तुलनामा ज्यादा उदास हुन्छन्। धेरै हाँस्नेहरू चोट पनि सहन सक्ने क्षमताका हुन सक्छन्।
आधाभन्दा बढी समय हाम्रो दिमागले यादहरू दोहोर्‍याइरहन्छ। यदि हामीले कुनै चिज बिर्सियौं भने आँखा बन्द गरेर केही समय सम्झिने कोसिस गरेमा छिटो याद आउँछ।
यदि कसैले हामीलाई बेवास्ता गर्‍यो भने शरीरले त्यही रसायन उत्पादन गर्छ जुन चोटपटक लाग्दा उत्पादन हुन्छ।
ज्ञानी मानिस आफूलाई अज्ञानी मान्छन्। तर, बुझ्नेले उनलाई गुरु स्वीकारीसकेका हुन्छन्।
अचेलका मानिस जति चिन्ता गर्छन्, १०० वर्ष अगाडि त्यत्ति चिन्ता लिनेलाई दिमागी बिरामी भनिन्थ्यो।
यदि कसैले तपाईंलाई केही सोध्नु थियो, भन्यो भने हालसालै गरिएका सबै नराम्रा कामको याद तुरुन्तै दिमागमा आउन थाल्छ।
मानिसहरूले तपाईंका बारेमा राम्रो कुरा सुने भने केही न केही शंका गर्छन्। तर, नराम्रो कुरा सुन्दा तुरुन्तै विश्वास गर्छन्।
फोन हराउँदा हुने चिन्ता र आफ्नो मृत्युको नजिक हुँदा हुने चिन्ता उस्तै–उस्तै हुन्छ।
यदि कोही सिरानी च्यापेर सुत्न मन गर्छ भने उ एक्लोपन महसुस गर्दैछ भन्ने बुझ्नुपर्छ।
सानो कुरामा पनि रुनेको मन नरम हुन्छ।
खुसीको आँसु दाहिने र दुःखको आँसु देब्रे आँखाबाट आउँछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP