मंगलबार , अषोज २७, २०८३

महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्न नेपथ्य दुबइ जानेभएको छ । आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) नेपथ्य ब्याण्ड दुबइमा तेस्रो पटक प्रस्तुत हुँदैछ । चाडपर्वको बेला आफन्तबाट टाढा रहेका नेपाली दाजुभाइलाई दशैं, तिहार र छठको संगीतमय कोशेलीसहित नेपथ्य दुबइ जान लागेको हो ।

विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबइ शहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुकमध्येको युनाइटेड अरब इमिरेट्सको व्यापारिक केन्द्र पनि हो । यो पटक नेपथ्यले दुबइको ‘अल नासेर लिजरल्याण्ड’मा प्रस्तुती गर्नेछ ।

‘आइस स्केटिङलगायत सांगीतिक कार्यक्रम स्थलको रुपमा चिनिने उही स्थलमा प्रस्तुत हुनेगरि यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबइ आउँदैछौं,’ ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीत यसपटक प्राथमिकतामा परेका छन् ।’

कोरोना महामारीपछि जुर्मुराउँदै गरेको यो शहरमा हालै सम्पन्न छ महिना लामो ‘दुबइ एक्स्पो’का कारण विश्वभरका १ सय ९२ मुलुकबाट दुई करोड चालिस लाख सहभागीले भ्रमण गरेका थिए ।

नेपथ्यको प्रस्तुती कर्मभूमि दुबइमा हेर्न पाउने भएपछि त्यहाँका नेपालीले पनि खुसी व्यक्त गरेका छन् । ६ वर्षदेखि एयर अरेबियाको जहाज उडाउँदै आएका पाइलट आयुष मान डंगोलले नेपथ्यको आगमनले नेपालीमाझ दुबइमा हलचल ल्याउने बताए ।

बिरानो मुलुकमा आफूलाई नेपाली हुँ भनेर गर्व गर्ने थोरै अवसरमध्ये नेपथ्य प्रस्तुत हुँदाको क्षण पनि बन्ने गरेको आयुषको अनुभव छ ।

यो कन्सर्टको टिकट दुबइ लगायत आसपासका छेत्रहरुमा समेत उपलब्ध गराइएको छ । स्थानीय आयोजकका अनुसार दुबइमा हुने नेपथ्य कार्यक्रमको टिकटको मूल्य ५० तथा १०० युएइ दिराम राखिएको छ ।

कार्यक्रममा सँधैजस्तै अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिने छन् । आगामी नोभेम्बर ६ तारिखमा हुने कार्यक्रमका लागि नेपथ्यको टोली नोभेम्बर ३ तारिख त्यसतर्फ प्रस्थान गर्ने तयारीमा जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP