मंगलबार , बैसाख २९, २०८३

नेपालीको लगानी, स्वामित्व र सञ्चालनमा रहेको रियलस्टेट कम्पनी मल्टी डाइनामिकले अष्ट्रेलियामा उत्कृष्ट एजेन्ट र उत्कृष्ट एजेन्सीको सम्मान पाएको छ। अष्ट्रेलियाको न्युसाउथवेल्समा सन् २०२१ का लागि मल्टी डाइनामिकले एजेन्ट र एजेन्सी दुवैमा उत्कृष्टताको प्रमाण पत्र पाएको हो।

सिड्नीको बार्डियामा घरजग्गा व्यवस्थापन र किनबेचमा उत्कृष्ट भएर मल्टी डाइनामिकका मुरारी लम्साल उत्कृष्ट रियलस्टेट एजेन्टको रुपमा सम्मानित भएका छन् भने उत्कृष्ट रियलस्टेट एजेन्सीको रुपमा मल्टी डाइनामिक सम्मानित भएको रेटमाइएजेन्ट डटकम डटएयुले जनाएको छ।

रेट माई एजेन्ट अष्ट्रेलियामा सेवाग्राहीको प्रतिकृया र सन्तुष्टीको आधारमा घरजगा कारोबार गर्ने एजेन्ट र एजेन्सीको मुल्यांकन गर्ने नेतृत्वदायी संस्था हो।

नेपालको तनहुँ घर भएका मेघराज पौडेल, नवलपरासी गैंडाकोटका विष्णुप्रभात सापकोटा र चितवनका विजय पौडेलले ४ वर्षअघि शुरु गरेको मल्टी डाइनामिकरियलस्टेट अहिले अष्ट्रेलियामा पछिल्लो पुस्ताका नेपालीले खोलेको मध्ये उत्कृष्ट र उदीयमान व्यापारिक कम्पनी हो।

अष्ट्रेलियाको एनएसडब्ल्यु, भिक्टोरिया क्विन्सल्याण्ड र साउथ अस्ट्रेलिया गरि चार वटा राज्यका ७ ठाउँमा आफ्नो शाखा विस्तार गरेको मल्टी डाइनामिकलेअष्ट्रेलियाका हजार भन्दा बढि प्रोपर्टीहरु व्यवस्थापन गर्छ भने यसको सम्पत्ति सात मिलियन डलर बराबर रहेको छ ।

मल्टी डाइनामिक रियलस्टेटमा नेपाली, भारतीय, बंगलादेशी अष्ट्रेलियनसहित ५० जनाले रोजगारी पाइरहेका छन्। मल्टीडाइनामिक अष्ट्रेयामा बसोबास गर्ने नेपाली, भारतीय र चिनियाँ मात्रै होइन पछिल्लो समय स्थानीय अस्ट्रेलीयनबीच पनि निकै जनप्रीय हुँदै गएको रियलस्टेट कम्पनी हो।

‘मल्टिडाइनामिक नेपाली समूदायले गर्व गर्न लायक नेपालीको व्यापार कम्पनी पनि हो। यसले नेपाल फेस्टिवल, विभिन्न कन्सर्टहरु, सांगीतिक कार्यक्रम, खेलकुदप्रतियोगिता र बनभोज कार्यक्रमहरुको प्रायोजन गरेर प्रवासमा रहेको नेपाली समुदायलाई सघाईरहेको छ’, मल्टी डाइनामिक इंगलबर्नका प्रिन्सिपल बिष्णु प्रभातले भने, ‘अष्ट्रेलियाको नेपाली समुदायले गर्ने हरेक सामुदायिक कृयाकलापलाई प्रायोजन तथा सहयोग गर्न पाउँदा आफूलाई गौरवान्वित अनुभव भएको छ।’

विदेशमा व्यापार व्यवसायमा सफलता पाउनेको आफ्नो समुदायलाई सघाउनु पनि हो मल्टीका अर्का निर्देशक विजय पौडेलले बताए। ‘यो हामी सबै नेपाली समाजको लागि खुसीको कुरा हो, एउटा नेपालीले सुरू गरेको व्यवसायले अस्ट्रेलीया जस्तो ठाँउमा उत्कृष्ट अर्वाड पाउनु सबैका लागि सम्मानको बीषय हो भन्ने लागेको छ’, मल्टी डाईनामीक अर्वनका नीर्देशक डील्ली ढकालले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP