शुक्रबार , भाद्र १२, २०८३

पोखराको नयाँ बजार बस्दै आएकी २२ वर्षीया अस्मिता लिम्बू मंसिर २० गते घर मोरङ जाने तयारीमा थिइन्।
भिडियामा हेर्नुहाेस

https://youtu.be/v6ABlPf5pVs

घर जान उनले बस टिकटसमेत काटेकी थिइन्। भोलिपल्ट घर जान लागेकी अस्मितालाई अघिल्लो दिन मंसिर १९ मा उनकी दिदी रुविना र साथीहरूले नजिकै चलिरहेको औद्योगिक व्यापार मेला हेर्न लगे।

मेला सकिनै लागेको थियो। साँझ ६ बजेतिर उनीहरू नयाँ बजारकै प्रदर्शनी केन्द्र पुगेका थिए। मेलामा घुम्दै गर्दा उनीहरू रोटे पिङ राखिएको ठाउँमा पुगे। पिङ खेल्न खोज्दा मान्छे नपुग्ने भन्दै उनीहरूलाई पिङ चलाउन बसेका व्यक्तिहरूले फर्काइदिए।

मेला हेर्न गएका अरू पनि केहीबेरमा पिङतर्फ गए। उनीहरू पिङ खेल्न चाहेपछि अस्मिताको समूहलाई पनि पिङ खेल्न बोलाइयो।

उनीहरू टिकट काटेर पिङ चढे। जब पिङ चल्न थाल्यो, दोस्रो घुमाइमै अस्मिता बसेको डिब्बा छड्के भयो। अस्मिता, रुविना र कोपिला बानियाँ पिङबाट खसे।

पिङको माथिल्लो भागबाट खसेका उनीहरूमध्ये अस्मिता गम्भीर घाइते बनिन्। रुविना र कोपिला सामान्य घाइते बनिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP