मंगलबार , बैसाख २९, २०८३

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । सफल यात्रा पनि हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको योजना बन्नेछ । कुनै कुराले शान्ति छाउनेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पनि पूरा होला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पनि मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ, तर सरकारी निकायबाट सहयोग मिल्नेछ । साँझमा रमाइलो यात्रा पनि हुन सक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर आर्थिक अवस्था भने ठिकै रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रामा बिघ्नबाधा आइलाग्नेछ, खानामा गडबडी हुन सक्नेछ । व्यवसायमा आर्थिक मन्दी आउनेछ, आफ्नो स्वास्थ्यमा पनि ध्यान दिनु होला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज जोशजाँगर बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर सौन्दर्यतामा धन खर्च पनि हुन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

-अनुप बराल ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP