मंगलबार , बैसाख २९, २०८३

‘मानवताका लागि सांगीतिक यात्रा’ लिएर चर्चित ‘नेपथ्य ब्याण्ड’ शनिबार साँझ बुटवल आउँदै छन । मानव सेवा आश्रमले नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य ब्याण्ड’सँगको सहकार्यमा यही पुस ९ गते शनिबार साँझ ४ बजे बुटवलको रामनगर खेल मैदानमा गर्ने कार्यक्रमको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन ।

गायक अमृत गुरुङ र नेपालयका किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरि ७० जनाको टोलीसहित बुटवलमा सांगेतिक कार्यक्रमका लागि आउने भएका हुन् ।

सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो । कन्सर्टमा गायक गुरुङले मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतसँगै आफ्ना चर्चित संगित प्रस्तुित गर्नेछन् ।

बुटवलमा हुने कन्सर्टका लागि ६ हजार टिकट बिक्री गरिने आयोजकले जनाएको छ । टिकट शुल्क एक हजार राखिएको छ । टिकट खरिदका लागि मोवाइल एप ई-सेवा, खल्ती, थुप्रै डटकम लगायतबाट अनलाइन बुकिङ गर्न सकिन्छ । इ-सेवा लगायत मोवाइल एपहरुको भोटिङ तथा इभेन्टमा गएर बुटवलका लागि टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ । यसैगरी प्रत्येक्ष रुपमा बुटवलमा रहेको मानव सेवा अश्रमको कार्यालयमा गएर पनि टिकट गरिद गर्न सकिने छ । बुटवलको राजमार्ग चौराह, मिलनचोक तथा ट्राफिकचोक लगायतका स्थानमा स्टल स्थापना गरी टिकट बिक्री भइरहेको मानव सेवा आश्रम लुम्बिनी प्रदेशकी प्रमुख सुसिला केसीले जानकारी दिइन ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको रुपन्देही संयोजक टिकामाया थापाले बताइन । सांगीतिक आनन्द पनि हुने मानवताका लागि सहयोग पनि पुग्ने भएकाले महाअभियानमा साथ दिन कार्यकम संयोजक लोकनाथ भुसालले आव्हान गरेका छन् ।

मंसिर १९ गते वीरगंजको ‘आदर्शनगर रंगशाला’बाट अभियान शुरु भएको थियो । सांगेतिक यात्रा पुस ६ गते वीरेन्द्रनगर सुर्खेत आएको छ । मंसिर २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा, मंसिर २५ नारायणघाटको ‘क्याम्पाचौर’मा तथा मंसिर २९ गते नेपालगन्जमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

पुस ३ गते धनगढीमा सम्पन्न भएको छ भने पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । यसरी देशका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड काठमाडौं पुग्नेछ । काठमाडौंमा भने पुस १६ गते भृकुटीमण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 203 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP