सोमबार , अषोज २६, २०८३

तिलोत्तमा, ८ पुस ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ स्थित अनाथ तथा असहाय महिला कल्याण रामचन्द्र–मैनादेवी अनाथ आश्रमलाई दीगोरुपमा दीर्घकालसम्म सञ्चालनका लागि अक्षयकोष दाताको खांँचो खड्केको छ ।

आश्रममा २५ जना सम्म अनाथ बालबालिका राख्न सकिने भौतिक पुर्वाधार भएपनि उनीहरुलाई पालनपोषण र शिक्षादिक्षाका लागि करिब ५० लाख रकम बराबरको अक्षयकोष दाताहरुको खांचो भएको हो । एक करोडको अक्षयकोष पु¥याउन सके त्यसबाट आउने ब्याज रकमले आश्रम सञ्चालन सहज हुने संस्थाका अध्यक्ष मैनादेवी भण्डारीले बताइन् ।

अहिले अक्षयकोषमा ५२ लाख रुपैयांँ छ । आश्रममा बस्ने बालकहरुलाई खाना पकाउने, खुवाउने, भांडा माझ्ने, कपडा धुने लगायतका काम गर्ने केही कर्मचारी राखेर तलब दिन सकिने अवस्था नहुंदा अध्यक्ष मैनादेवी र उनका परिवारका सदस्यले आफै आश्रममा आएर खाना पकाउने, भांडा माझ्ने काम गर्नुपर्ने वाध्यता छ । ‘मैनादेवीले आश्रमका लागि आफ्नै जग्गा दिनुभयो, घरघरमा झोला बांँडेर चामल संकलन गरेर यहांसम्म ल्याउनुभयो’–स्थानीय बासिन्दाहरु भन्छन्–‘अब सबैले आफ्नो ठाउंबाट सक्दो आर्थिक सहयोग गरेर अक्षणकोष एक करोड बनाउन सके आश्रम चलाउन कतै हात थापिरहन पर्दैन ।’

संस्थाको २६ औं बार्षिक साधारण सभाका अवसरमा अध्यक्ष भण्डारीले अक्षयकोषमा अहिले ५२ लाख रहेपनि यसको ब्याजले खर्च धान्न नसकेकाले एक करोड पु¥याउनुपर्ने आवश्यकता रहेको बताइन् ।

तिलोत्तमा ६ का वडाअध्यक्ष गणेश पाठकले आश्रमको भवनमा झ्याल ढोका बनाउन १ लाख ५० हजार बजेट वडाबाट छुट्याएको बताउंदै आगामी दिनमा अक्षयकोषका लागि संस्थासंगै सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

समाजसेवी गोपाल रानाले आश्रमकी अध्यक्ष मैनादेवीको परोपकारी कामबाट आफु प्रभावित भई आश्रममा रहेका विद्यार्थीलाई अध्ययनमा सहयोग गर्दै आएको बताए । उनले आश्रममा बसेर १२ कक्षा उत्तिर्ण विद्यार्थीलाई रोजगारी दिने प्रतिवद्धता पनि जनाएका छन् ।

आश्रममा बस्नेहरुको नागरिकता नहुदा उनीहरुले धेरै समस्या भोग्नुपरेकोले सवै सरोकारवालाको त्यसतर्फ ध्यान जानुपर्नेमा सचेत गराए ।

आश्रमका विद्यार्थीहरुको विद्यालय शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले आश्रमका बिद्यार्थीहरु पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउंछन् । जनप्रतिनिधि र आमा समूहका प्रतिनिधिहरु गितादेवी न्यौपाने, कला न्यौपाने, कमला आचार्य पोखे्रललगायतले आश्रमको अक्षयकोष एक करोड पु¥याउन सबैले सक्दो पहल गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP