बिहिबार , बैसाख ४, २०८२

फागुन २१, रोल्पा । नेत्रबिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवापछि रोल्पामा जनसभाहरु सम्पन्न भएका छन् । रोल्पाको गंगादेवमा प्रतिबन्ध फुकुवा सरकारी कदमप्रति स्वागत गर्दै नेकपा गंगादेवले जनसभा कार्यक्रम सम्पन्न गरेको हो ।

जनसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा इलाका इन्चार्ज किरणले वार्ताको औचित्य प्रष्ट पार्दै पुरानो संसदीय ब्यबस्थाको असफल भैसकेकोले बैज्ञानिक समाजबादी व्यबस्थाको खाँचो रहेको बताएका थिए । उनले भने ‘जनमतको कदर गर्न हाम्रो पार्टी तयार छ, त्यसकालागि संसदीय ब्यबस्था र बैज्ञानिक समाजबादी व्यबस्थाको बिच जनमतसंग्रह आबस्यक छ ।’

बार्ता केवल सत्ता साझेदारीका लागि नभएर ब्यबस्था परिवर्तनका लागि हुनुपर्नेमा उनको जोड रहेको थियो ।

त्यसैगरी ने.क.पा. माथीको प्रतिबन्ध फुकुवा सहितका जनपक्षीय सहमतिहरु स्वागत गर्दै ने.क.पा. थबाङद्वारा आजै सुक्रबार र्याली र कोण सभा सम्पन्न भएको छ । रोल्पाका विभिन्न स्थानमा र्याली तथा जनसभाहरु सम्पन्न भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP