मंगलबार , अषोज २७, २०८३

फागुन २१, रोल्पा । नेत्रबिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवापछि रोल्पामा जनसभाहरु सम्पन्न भएका छन् । रोल्पाको गंगादेवमा प्रतिबन्ध फुकुवा सरकारी कदमप्रति स्वागत गर्दै नेकपा गंगादेवले जनसभा कार्यक्रम सम्पन्न गरेको हो ।

जनसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा इलाका इन्चार्ज किरणले वार्ताको औचित्य प्रष्ट पार्दै पुरानो संसदीय ब्यबस्थाको असफल भैसकेकोले बैज्ञानिक समाजबादी व्यबस्थाको खाँचो रहेको बताएका थिए । उनले भने ‘जनमतको कदर गर्न हाम्रो पार्टी तयार छ, त्यसकालागि संसदीय ब्यबस्था र बैज्ञानिक समाजबादी व्यबस्थाको बिच जनमतसंग्रह आबस्यक छ ।’

बार्ता केवल सत्ता साझेदारीका लागि नभएर ब्यबस्था परिवर्तनका लागि हुनुपर्नेमा उनको जोड रहेको थियो ।

त्यसैगरी ने.क.पा. माथीको प्रतिबन्ध फुकुवा सहितका जनपक्षीय सहमतिहरु स्वागत गर्दै ने.क.पा. थबाङद्वारा आजै सुक्रबार र्‍याली र कोण सभा सम्पन्न भएको छ । रोल्पाका विभिन्न स्थानमा र्‍याली तथा जनसभाहरु सम्पन्न भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP