सोमबार , अषोज २६, २०८३

देशभर चिसो बढ्दै गएको छ। चिसोबाट बच्न हामीले नयाँ नयाँ उपाय अबलम्बन गरिरहेका छौं। सुविधा सम्पन्न घरमा एसी जडान गरिएको छ। बिजुलीको पर्याप्तता भएका ठाउँमा हिटरको प्रयोग हुन थालेको छ। चिसोबाट बच्न प्रयोग हुने हिटर स्वास्थ्यका हिसाबले भने केही जोखिमयुक्त रहेको चिकित्सकहरूले बताएका छन्।

हिटरको प्रयोगले कोठामा अक्सिजनको मात्रा कमी हुन्छ। हिटरको तातोसँगै कार्बन मोनोअक्साइड ग्यासको मात्रा कोठामा बढ्छ। जसले मानिसलाई बहोस बनाउन सक्छ। एकाध अवस्थामा ज्यानै जाने जोखिम पनि हुने गरेको छ। कोठामा राखिने हिटर र ग्यास गिजरले यस्ता समस्या निम्त्याउने गरेको पाइन्छ।

यी ६ प्रकारका मानिस हिटरसँग टाढा हुनुपर्छ
श्वासप्रश्वास सम्बन्धि समस्या भएका बिरामी
ब्रोंकाइटिसका बिरामी
माइग्रेन्टका बिरामी
छालाको एलर्जी भएका वा छालाका रोग भएका बिरामी
ससाना बालबालिका
पाको उमेरका वृद्धवृद्धा

अन्य सामान्य मानिसलाई पनि नियमित हिटर ताप्नाले स्वास्थ‍्य समस्या देखिने चिकित्सकहरू बताउँछन्। जाडो मौसममा तापिने हिटर स्वास्थ्यका लागि उपयोगी नभए यसको विकल्प पनि सोच्नुपर्छ। विकल्पका रुपमा केही प्राकृतिक विधि प्रयोग गरेर पनि कोठालाई न्यायो राख्न सकिन्छ।

लगातार हिटर ताप्दा ठूला मानिसलाई छालाको समस्या देखिन्छ भने साना बालबालिकालाई अझै बढी जोखिम हुन्छ। बालबालिकाको नाकबाट रगत बग्ने जोखिम पनि बढ्ने गर्दछ।

श्वासप्रश्वासका बिरामीलाई अक्सिजनको मात्रा कमी भएर ज्यानै जानेसम्मको जोखिम हुन्छ। हिटरबाट निस्कने तातो हावाले छाला सुख्खा हुँदा छालामा विभिन्न समस्या देखा पर्छन्। टाउको भारी हुने, दुख्ने, निन्द्रा नलाग्ने लगायतका समस्या पनि देखा पर्छन्।

लगातार हिटर ताप्नाले आँखाको ज्योति गुम्ने खतरा पनि उत्तिकै हुन्छ। हाम्रो आँखालाई स्वस्थ राख्न आँखामा चिसोपनाको जरुरी हुन्छ। तर हिटरको तातोले आँखा सुख्खा भए पछि यसले क्षति गर्छ। लामो समय हिटर तापिरहँदा ज्योति नै गुम्ने खतरा पनि बढ्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्।

लामो समय हिटर बालिरहँदा त्यसको तापले कोठामा आगो उठ्ने सम्भावना पनि उत्तिकै रहन्छ। त्यसैले हामी सबैले सावधानी अपनाउन जरुरी छ।

जाडो मौसममा कोठालाई कसरी न्यायो राख्ने?
– झ्याल तथा ढोकामा बाक्लो गाडा कलरको पर्दा लगाउनुहोस्।
– झ्याल ढोकाका साना साना प्वाललाई कपडाले टाल्नुहोस्। ताकि चिसो भित्र नआओस्।
– उनीका कुसन प्रयोग गर्नुहोस्।
– भूइँलाई तातो राख्न बाक्लो कार्पेट प्रयोग गर्नुहोस्। फर्म ओछ्याउँदा पनि हुन्छ।
– कोठामा विभिन्न ‘क्यान्डल’ बालेर पनि न्यायो बनाउन सकिन्छ।
– घाम लागेको समयमा झ्याल ढोका खोलेर न्यायो बनाउन सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP