बुधबार , बैसाख १७, २०८२

पाकिस्तानको राजधानी इस्लामाबादमा पुलिस चौकीमा आत्मघाती विष्फोट हुँदा एक प्रहरीसहित तीनजनाको मृत्यु भएको छ। सो घटनामा परी ६ जना घाइते भएका छन्।

इस्लामाबाद पुलिसका डीआईजी सोहेल जफर चटटाका अनुसार इगल स्क्वाडले चेक प्वाइन्टमा शंकास्पद ट्याक्सीलाई चेकजाँच गर्नेक्रममा आइ-१४ सेक्टरमा घटना भएको हो।

उनका अनुसार चेकजाँच भइरहेका बेला ट्याक्सीमा सवारी एक व्यक्तिले विष्फोट गराएका हुन्।

विष्फोटमा एक महिला र विष्फोट गराउने व्यक्तिको मृत्यु भएको छ।

चेकजाँचमा खटिएका एक प्रहरीको पनि मृत्यु भएको बताइएको छ।

विष्फोट गराउने व्यक्तिको भने पहिचान खुलेको छैन।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरीफले घटनाको निन्दा गर्दै आधिकारिकहरुलाई घटनाको रिपोर्ट गर्न आग्रह गरेका छन्।

विष्फोट लगत्तै कारमा आगलागी भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु