मंगलबार , बैसाख २९, २०८३

काराबाओ कपको क्वार्टरफाइलन समिकरण पुरा भएको छ। बिहीबार राति लिभरपुल र म्यानचेस्टर सिटीको खेलसँगै अन्तिम आठको टुंगो लागेको हो।

साविक विजेता लिभरपुललाई ३-२ ले पराजित गर्दै म्यानचेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सिटीलाई जिताउन एर्लिन हालान्ड, रियाद महारेज र नाथन एकेले गोल गरे।

लिभरपुलका लागि मोहमद सालह र फाबियो कार्भाल्होले १-१ गोल गरे।

खेलमा दुई पटक अग्रता बनाएको सिटीमाथि लिभरपुलले पुनरागमन गर्दै बराबरी गोल फर्काएको थियो ।

एर्लिन हालान्डले १० औं मिनेटमा गोल गरी सिटीलाई सुरूआती अग्रता दिलाए। लिभरपुलका लागि फाबियो कार्भाल्होले २०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफमा १-१ गोलको बराबरीमा रहेको खेलको ४७ औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए।  तर अग्रता लिएको एक मिनेट भित्रै लिभरपुलका मोहमद सालहले गोल गर्दै पुनः खेललाई बराबरीमा ल्याए।

त्यसपछि ५८ औं मिनेटमा एकेले गर्दै गर्दै सिटीलाई अग्रता दिलाए।

त्यसपछि दुबै टोलीबाट गोल हुन नसकेपछि सिटीले खेल ३-२ ले जित्यो।

अन्तिम आठको समिकरण
आठ पटकको च्याम्पियन सिटीसँगै म्यानचेस्टर युनाइटेड, चार्लटन एथलेटिक, साउथह्याम्पटन, नटिङ्घम फोरेस्ट, उल्भ्स, न्युक्यासल युनाइटेड र लेस्टरसिटी क्वार्टरफाइनलमा पुगेका छन्।

अन्तिम आठमा सिटीले अब साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै म्यानचेष्टर युनाइटेडले तेस्रो श्रेणीको चार्ल्टन एथ्लेटिकसँग खेल्नेछ। प्रिमियर लिगकै नटिङहम फरेस्ट र वल्भ्स तथा न्युकासल र लेस्टर सिटी क्वाटरफाइनलमा भिड्ने छन्। क्वार्टरफाइलन खेल जनवरी ९ मा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP