शुक्रबार , जेठ २४, २०८२

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्। साउदीको क्लब अल नसरले रोनाल्डोलाई वार्षिक कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको हो।

नसरले रोनाल्डोलाई पहिलो २ वर्षका लागि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको छ। २ वर्षपछि उनको पारिश्रमिक बढाएर वार्षिक २०० मिलियन पाउण्ड बनाएर ७ वर्षको सम्झौता गर्न लागेको गोल डटकमले जनाएको छ।

म्यानचेस्टर युनाईटेड छाडेपछि स्वतन्त्र रूपमा रहेका रोनाल्डोलाई क्लबमा भित्र्याउन साउदी क्लबले कीर्तिमानी मूल्यमा प्रस्ताव राखेको हो।

अनुबन्धको बारेमा छलफल गर्न रोनाल्डो साउदी अरेबियाको राजधानी रियाद पुगिसकेका छन्।

सन् २०३० पछि रोनाल्डलोले क्लबको ब्राण्ड एम्बेस्डरको रूपमा काम गर्नेछन्।

स्पेनिस पत्रिका मार्काका अनुसार रोनाल्डोले इजिप्ट र ग्रीससँगै सन् २०३० मा विश्वकप आयोजना गर्न साउदी अरेबियाको प्रस्तावलाई अघि बढाउन महत्वपूर्ण भूमिका निभाउनेछन्।

रियल मड्रिडबाट म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डो विश्वकप अगाडिबाट क्लब बिहीन बनेका थिए।

३७ वर्षीय रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित हुँदै घर फर्किएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP