मंगलबार , बैसाख २९, २०८३

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्। साउदीको क्लब अल नसरले रोनाल्डोलाई वार्षिक कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको हो।

नसरले रोनाल्डोलाई पहिलो २ वर्षका लागि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको छ। २ वर्षपछि उनको पारिश्रमिक बढाएर वार्षिक २०० मिलियन पाउण्ड बनाएर ७ वर्षको सम्झौता गर्न लागेको गोल डटकमले जनाएको छ।

म्यानचेस्टर युनाईटेड छाडेपछि स्वतन्त्र रूपमा रहेका रोनाल्डोलाई क्लबमा भित्र्याउन साउदी क्लबले कीर्तिमानी मूल्यमा प्रस्ताव राखेको हो।

अनुबन्धको बारेमा छलफल गर्न रोनाल्डो साउदी अरेबियाको राजधानी रियाद पुगिसकेका छन्।

सन् २०३० पछि रोनाल्डलोले क्लबको ब्राण्ड एम्बेस्डरको रूपमा काम गर्नेछन्।

स्पेनिस पत्रिका मार्काका अनुसार रोनाल्डोले इजिप्ट र ग्रीससँगै सन् २०३० मा विश्वकप आयोजना गर्न साउदी अरेबियाको प्रस्तावलाई अघि बढाउन महत्वपूर्ण भूमिका निभाउनेछन्।

रियल मड्रिडबाट म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डो विश्वकप अगाडिबाट क्लब बिहीन बनेका थिए।

३७ वर्षीय रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित हुँदै घर फर्किएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP