शुक्रबार , भाद्र १२, २०८३

नेपाल राष्ट्र बैंक र सरकारी नीतिले आफूहरूलाई पेशाबाटै विस्थापनको खतरामा पुर्‍याएको आरोप लगाउँदै आन्दोलनमा रहेका विराटनगरका उद्योगी व्यवसायी दुई दिनयता सडकमा छन्।

बिहीबारदेखि नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालय घेराउमा रहेका उद्योगीहरूले शुक्रबार पनि धर्ना जारी राखेका छन्। कार्यालय समय सुरू भएपछि नसकिएसम्म उद्योगी व्यवसायीको धर्ना जारी रहने उनीहरूले जनाएका छन्।

अरूबेला बन्द हड्तालको विरोध गर्ने उद्योगी व्यवसायीले आन्दोलनको पहिलो दिन बिहीबार बजार बन्दको आह्वान गरेका थिए। तर, त्यो आह्वान निजी क्षेत्रकै धेरैले अस्वीकार गरेका थिए।

तीन दर्जनभन्दा बढी व्यावसायिक संघ संगठनको अगुवाइमा सुरू भएको आन्दोलनका क्रममा राष्ट्र बैंकको प्रादेशिक कार्यालयमा पैदल जाने कसैलाई पनि नरोक्ने तर नगद बोकेका गाडीको आवतजावत भने ठप्प पार्ने नीति व्यवसायीले लिएका छन्।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँदै आन्दोलन बाध्यकारी भएको बताएका छन्।

हाल १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेड दरलाई ४.४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरेएसम्म आन्दोलन नरोकिने उद्योगी व्यवसायीले बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP