सोमबार , चैत्र २४, २०८१

नेपाल राष्ट्र बैंक र सरकारी नीतिले आफूहरूलाई पेशाबाटै विस्थापनको खतरामा पुर्‍याएको आरोप लगाउँदै आन्दोलनमा रहेका विराटनगरका उद्योगी व्यवसायी दुई दिनयता सडकमा छन्।

बिहीबारदेखि नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालय घेराउमा रहेका उद्योगीहरूले शुक्रबार पनि धर्ना जारी राखेका छन्। कार्यालय समय सुरू भएपछि नसकिएसम्म उद्योगी व्यवसायीको धर्ना जारी रहने उनीहरूले जनाएका छन्।

अरूबेला बन्द हड्तालको विरोध गर्ने उद्योगी व्यवसायीले आन्दोलनको पहिलो दिन बिहीबार बजार बन्दको आह्वान गरेका थिए। तर, त्यो आह्वान निजी क्षेत्रकै धेरैले अस्वीकार गरेका थिए।

तीन दर्जनभन्दा बढी व्यावसायिक संघ संगठनको अगुवाइमा सुरू भएको आन्दोलनका क्रममा राष्ट्र बैंकको प्रादेशिक कार्यालयमा पैदल जाने कसैलाई पनि नरोक्ने तर नगद बोकेका गाडीको आवतजावत भने ठप्प पार्ने नीति व्यवसायीले लिएका छन्।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँदै आन्दोलन बाध्यकारी भएको बताएका छन्।

हाल १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेड दरलाई ४.४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरेएसम्म आन्दोलन नरोकिने उद्योगी व्यवसायीले बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP