मंगलबार , अषोज २७, २०८३

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको बताएका छन् ।

नेकपा विप्लव समूहसँग भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा ओलीले पार्टीका केही नेताहरु आफ्नो पार्टीको सरकार ढालेर अरु कसैलाई प्रधानमन्त्री बनिदिनुस् न भनेर किस्तीमा राखेर हिँडेको बताए ।

उनले आफूहरुबारे भ्रम छर्ने प्रयास भएको भन्दै अघि भने, ‘हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं । कसैलाई प्राधानमन्त्री पद प्रस्ताव राखेका पनि छैनौं ।’

नेकपाको अर्को समूहले नग्नताको हद देखाएको ओलीले टिप्पणी गरे । ‘आफ्नो दुई तिहाइ फोडेर छाड्ने, भत्काएर छाड्ने, किस्तीमा प्रधानमन्त्री खाइदिनुस् न भन्न अन्त जाने, हामी बनाउँछौं नि प्रधानमन्त्री लिइदिनुस् न, हामी छौं नि तपाईंका पछाडि लाग्ने भन्ने’ उनले भने ।

आफूले नेतृत् वगर्न छाडेर अरुलाई नेतृत्व लिइदिनुस् न भन्न जानु मार्क्सवाद नभएको पनि ओलीले बताए ।

संसद विघटन बदर भएपछि तमासा सुरु भएको भन्दै ओलीले भने ‘यो तमासा नेपाली जनताले हेर्दै जानुपर्ला । त्यसका परिणाम हेर्दै जानुपर्ला ।’

अहिले सरकार ढाल्ने ठूलो प्रयास भएको भन्दै ओलीले २०७३ सालमा आफूलाई प्रधानमन्त्रीबाट हटाउँदा जस्केलाबाट नभई मूल ढोकाबाटै प्रधनमन्त्री हुन्छु भनेको र निर्वाचन पछि प्रधानमन्त्री भएर देखाएको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP