बुधबार , जेठ ८, २०८२

बुटवल, ७ पुस ।

सवारी साधन चलाउँदा चलाउँदै चालक निदाउँदा धेरै दुर्घटना हुने गरेका छन् । यो समस्यालाई कम गर्न विज्ञान विषय अध्ययनरत विद्यार्थीले सवारी साधन चलाउँदा चालकलाई निदाउन नदिने र निदाएमा गाडी रोकिने यन्त्र बनाएकी छन् ।

कालिका मानवज्ञान माविले ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित विज्ञान प्रदर्शनीमा सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी प्रतिमा शर्माले बनाएको गाडी चलाउँदा चालकलाई निदाउन नदिने यन्त्रले धेरै दर्शकलाई आकर्षित गरेको थियो ।

शर्माले बनाएको एन्टिस्लिप अलार्मलाई लाई चश्मामा जडान गरेर प्रयोग गर्नुपर्छ । चश्मा जडित यन्त्रले ड्राईभरको आँखा बन्द हुन थालेपछि अलार्म बजाएर संकेत गर्छ र केही सेकेन्डमा पनि आँखा नखोलेमा गाडीको इन्जिन बन्द गरिदिन्छ ।

पुस्तक अध्ययन र इन्टरनेटको अध्ययनबाट आफुले यस्तो यन्त्र बनाउन सकेको र यसले रिमोट सेन्सरको मद्दतले काम गर्ने विद्यार्थी शर्माले बताईन् । विद्यार्थीले बनाएको यो यन्त्रलाई परिस्कृत बनाएर ब्यावसायिक प्रयोग गर्न सकिने विज्ञान प्रदर्शनीका संयोजक कृष्ण प्रसाद अधिकारीले बताए ।

विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका सय भन्दा बढी उपकरण र प्रविधि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP