शुक्रबार , भाद्र १२, २०८३

हामी कहिलेकाही चार्जर बोक्न बिर्सन्छौं त कहिले सार्वजनिक स्थलतिर पुग्दा मोबाइलमा चार्ज सकिन लाग्यो भने चार्ज गर्न लागिहाल्छौं।

यसरी चार्ज गर्दा ठूलो जोखिम निम्तिन सक्छ। कहिले तपाईंलाई यस्तो भएको छ चार्ज गर्ने समयमा आफ्नो मोबाइलको विवरण जस्तै बैंकसँग सम्बन्धित, च्याट, संवेशनशील फोटो लगायतका विवरण अरू ठाउँमा गएको। यस्तो हुनसक्छ।

ह्याकरले मोबाइलबाट व्यक्तिगत विवरण चोरी गर्ने तथा भाइरस स्टल गरिदिन सक्छन्। यसलाई जुस ज्याकिङ भनिन्छ। मोबाइलमा हामीले जोड्ने जुन केबल प्रयोग गर्छौं त्यसमा मोबाइल चार्ज गर्ने मात्र काम गर्दैन डाटा ट्रान्सफर गर्ने काम पनि गर्छ।

सार्वजनिक ठाउँमा रहेका पावर सकेटलाई ह्याकरले अधीनमा लिएका हु्नसक्छन्। हामीले सामान्य तथा विशेष जुन खालका केबल प्रयोग गरेपनि ह्याकरले सहजै डाटा ट्रान्सफर गर्न सक्छन्।

ह्याकरले पावर सकेटलाई अधीनमा लिएर त्यसमा कुनै डिभाइस इन्सटल गरेको हुनसक्छ। केही हार्डवयर यस्ता आउँछन जसले जुस ज्याकिङको काम गर्छन्।

हामीले मोबाइल चार्जमा राखेपछि हाम्रो मोबाइलको डाटा तानेर ह्याकरलाई पठाउने काम गर्छन्। तर यी कुरा हामीले थाहा पाउँदैनौं। किनकी त्यहाँ चार्ज भइरहेको देखाउँछ।

हामीले ल्यापटपमा मोबाइल जोड्दा अनुमति माग्छ तर जुस ज्याकिङमा सिधैं कनेक्ट हुन्छ। अर्थात अनुमति चाहिँदैन। यसका लागि हामीले ‘पावर बैंक’ बोकेर जानु राम्रो हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP