सोमबार , अषोज २६, २०८३

अस्ट्रेलियाको केन्द्रिय सरकारले अन्तर्राष्ट्रिय सीमा बन्दको अवधिलाई थप तीन महिना लम्ब्याउने निर्णय गरेको छ।

गत वर्षको मार्चदेखि जारी अन्तर्राष्ट्रिय सीमा बन्दको अवस्था कम्तीमा जुन १७ तारिख सम्म कायम रहने बुधबार अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताए।

कोरोना भाइरस महामारी र यसको अन्तर्राष्ट्रिय प्रभावका कारण अस्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको एक वर्ष बितिसकेको छ।

अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले ‘मानव जैविक सुरक्षा आपतकालिन अवस्था’ लाई थप लम्ब्याउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय यात्रुहरू अस्ट्रेलिया आउन र यहाँका बासिन्दा विशेष कारण र सरकारको अनुमति बिना विदेश भ्रमणमा जान कम्तीमा पनि आउँदो जुन १७ सम्म नपाउने भएका छन्।

यसअघि अस्ट्रेलियन सरकारले मार्च १७ तारिखमा आपतकालिन अवस्थाका अन्त्य हुने जनाए पनि यसलाई १७ जुन सम्मका लागि लम्ब्याएको हो।

विगत एक वर्षदेखि बन्द अन्तर्राष्ट्रिय सिमाका कारण हजारौं अस्ट्रेलियन बासिन्दा एवम् विद्यार्थी र नागरिकहरू विभिन्न मुलुकमा फसिरहेका छन् ।

सरकारको यो निर्णय पछि विदेशमा फसेका करिब चालिस हजार अस्ट्रेलियाली नागरिकसमेत मर्कामा परेका छन्। त्यति मात्र होइन अन्तर्राष्ट्रिय विलार्थीलाई उच्च शिक्षाका लागि प्रवेशाज्ञासमेत जारी गरिरहेको अस्ट्रेलियाले सीमा बन्दको समय लम्बाउदै जाँदा विद्यार्थीसमेत निकै मर्कामा परेका छन्।

कतिपय अस्थामा भिसाधारीको पारिवारीक बिछोडसमेत हुन पुगेको छ । यति मात्र होइन नेपालमा मात्र करिब पन्ध्र सय नेपाली विलार्थी भिसा पाएर पनि अस्ट्रेलिया आउन नपाउँदा महंगो डलर तिरेर अनलाइन पढ्न बाध्य छन्।

‘अस्ट्रेलियाको स्वास्थ्य संरक्षणको समिति (एएचपिपिसी) ले सरकारलाई विदेशमा रहेको कोभिड–१९ को परिस्थितिले अस्ट्रेलियामा सार्वजनिक स्वास्थ्य जोखिम हुन सक्ने भन्दै सीमा बन्द गर्न सुझाव पेस गरेको कारण यो निर्णय गरिएको हो’, शिक्षा मन्त्री ग्रेग हन्टले भने।

आपतकालिन अवस्था लम्बाउने निर्णय ‘सबैको स्वास्थ्य र सुरक्षाका लागि जोखिम कम गर्ने उपाय’ भएको स्वास्थ्य मन्त्री हन्टले बताए।

अहिले अस्ट्रेलियन नागरिक, स्थायी बासिन्दा र तिनका अति नजिकका आफन्त मात्र आवश्यक सरकारी क्वारेन्टाइन पुरा गरी अस्ट्रेलिया भित्रन पाउने व्यबस्था छ।
@setopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP