शनिबार , बैसाख ६, २०८२

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले बिहीबार बंगलादेसँग खेल्दैछ। नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुने खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ।.

पहिलो खेलमा जितसहित नेपाल प्रतियोगिताको सुखद् सुरुआतको अपेक्षासहित कोर्टमा उत्रिँदै छ। प्रतियोगिताका लागि खेलाडी छनोट तथा टिम निर्माणमा एक महिनामा भएको थियो। त्यसैले छोटो सयमको तयारीपछि बंगलादेश पुगेको नेपाली टिमको कठिन परीक्षा हुने निश्चित छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्र्टले नेपाल जितका लागि खेल्ने बताउँछन्। छोटो तयारी र अनुभवको कमीका बाबजुद नेपालले आफ्नो उत्कृष्ट दिने प्रशिक्षक भट्टले बताए।

‘पहिलो पटक काभा यू–२३ पुरुष भलिबल टिम तयार पारेका हौं। खेलाडीमा अनुभवको कमी छ। हामीले तयारी पनि एक महिना  मात्र गर्न पायौं। तर, हामीसँग भएको सबै अनुभव यहाँ लगाउने छौं,’ उनले भने।

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टिम मंगलबार बंगलादेशको राजधानी ढाका आएको थियो। च्याम्पियनसिप आज देखि ११ गतेसम्म आयोजना हुनेछ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार मुलुकको सहभागिता छ। नेपालले दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग र पुष ९ गते किर्गिस्तानसँग लिग चरणको अन्तिम खेल खेल्ने छ।

नेपाल भलिबल संघ (एनभीए)ले खुला छनोटबाट ८० खेलाडी चुनेको थियो। दोस्रो चरणमा ८० बाट २० जनामा घटाइएका खेलाडीबाट १४ जनाको अन्तिम टिम घोषणा भएको थियो।

बंगलादेश पुगेको नेपाली टिमः धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रूपबहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, वेशप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे, भीमराज गुरुङ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP