मंगलबार , अषोज २७, २०८३

संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले हाइटीलाई तत्कालै सहयोग उपलब्ध गराउन अपिल गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव अमिना मोहम्मदले बुधबार सो अपिल गरेका हुन् । उनले हाइटीको अवस्था दिनप्रतिदिन निकै कमजोर हुदै गएकाले उसलाई तत्कालै मानवीय सहायताको खाँचो रहेको बताएका हुन् ।


उनले भनेका छन्– ‘हामीलाई लागेको छ कि अहिले हाइटीको अवस्था निकै खराब छ, यस्तो अवस्थामा विश्व समुदायले उसलाई सहयोग नगर्ने हो भने अवस्था झन विग्रिँदै जाने अवस्था छ । त्यसैले हाइटीका लागि तत्कालै मानवीय सहायताको खाँचो रहेको छ ।’



त्यहाँको आर्थिक अवस्था नाजुब बन्दै गएको, खाद्य असुरक्षा बढेको र अत्यावश्यकीय वस्तुको आपूर्ति पनि हुन नसकेको अवस्था त छँदैछ, त्यसैमा पनि पछिल्लो समयमा यहाँ सुरक्षाको अवस्था पनि कमजोर भएको बताइएको छ ।
यहाँ विभिन्न आपराधिक समूहहरू जन्मिएका र उनीहरूले लुटपाट पनि मच्चाउने गरेका भन्दै पछिल्लो समयमा हाइटीमा हिंसा बढ्दो रुपमा रहेको देखिएको पनि उनले बताए ।



खाद्य असुरक्षा बढेको, स्वस्थ पानीको अभावमा हैजा तथा झाडापखालाका विरामी बढेको, बालबालिकामा पनि पोषणको अभावमा समस्या बढेको तथा मानिसहरूको आन्तरिक विस्थापित हुनेहरूको संख्या प्रतिदिन बढ्दै गएका कारण यहाँ समस्या उत्पन्न भएकाले आवश्यक मात्रामा अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP