शुक्रबार , भाद्र १२, २०८३

चलचित्र ‘छक्कापञ्जा ४’ को पोस्टर सार्वजनिक भएको छ।

अभिनेता तथा चलचित्रका निर्माता दीपकराज गिरीले चलचित्रको पोस्टर सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको उक्त पोस्टरमा दीपक चित्रण छन्। साथै पोस्टरमा चलचित्रको प्रदर्शन मिति पनि उल्लेख गरिएको छ।

आमा सरस्वती मुभिज र आइएमईको ब्यानरमा निर्माण हुने चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), राज आचार्यलगायत कलाकारले अभिनय गरेका छन्।

हेमराज बिसिद्वारा निर्देशित चलचित्रलाई नरेन्द्र मैनालीको छायांकन गरेका छन्। फिल्मको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन्।

चलचित्र फागुन १९ गते देशभर प्रदर्शन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP