शनिबार , जेठ २५, २०८२

चलचित्र ‘छक्कापञ्जा ४’ को पोस्टर सार्वजनिक भएको छ।

अभिनेता तथा चलचित्रका निर्माता दीपकराज गिरीले चलचित्रको पोस्टर सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको उक्त पोस्टरमा दीपक चित्रण छन्। साथै पोस्टरमा चलचित्रको प्रदर्शन मिति पनि उल्लेख गरिएको छ।

आमा सरस्वती मुभिज र आइएमईको ब्यानरमा निर्माण हुने चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), राज आचार्यलगायत कलाकारले अभिनय गरेका छन्।

हेमराज बिसिद्वारा निर्देशित चलचित्रलाई नरेन्द्र मैनालीको छायांकन गरेका छन्। फिल्मको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन्।

चलचित्र फागुन १९ गते देशभर प्रदर्शन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP