शनिबार , जेठ २५, २०८२

एक महिने सांगीतिक यात्रामा निस्किएको नेपथ्यले सुर्खेतमा कन्सर्ट सम्पन्न गरेको छ।

‘मानवताका लागि संगीत’ भन्ने नाराका साथ देश दौडाहामा निस्केको नेपथ्यले सातौं कन्सर्ट सम्पन्न गरेको हो।

मानव सेवा आश्रमले मेचीदेखि महाकालीसम्मका १० ठूला सहरमा नेपथ्य लाइभ कन्सर्ट गर्दैछ। मंसिर १६ गते विराटनगरबाट सुरु भएको संगीतिक यात्रा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको हो।

सुर्खेतमा नेपथ्यले पहिलो प्रस्तुतिको रुपमा ‘आँगनै भरि’ गीतबाट सुरु गरेको थियो। नेपथ्यका प्रमुख गायक अमृत गुरुङले झण्डै २ दर्जनभन्दा धेरै गीत प्रस्तुत गरेका थिए।

मञ्चमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

सुर्खेतको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली बुटवलतर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा बुटवलको ‘रामनगर खेलमैदान’ मा नेपथ्य पुस ९ गते शनिबार प्रस्तुत हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP