मंगलबार , अषोज २७, २०८३

नेपाल राष्ट्र बैंकका विनिमय दर अनुसार आज (बिहीबार) अमेरिकी र अष्ट्रेलियन डलरको भाउ घट्दा युरोपियन युरो, पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ २० पैसा र बिक्रीदर १३२ रूपैयाँ ८० पैसा छ। यो बुधबारको विनियम दरभन्दा केही बढी हो।

यस्तै हिजो युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ ४७ पैसा र बिक्रीमा १४१ रुपैयाँ ११ पैसा रहेकोमा आज घटेर खरिदमा १४० रुपैयाँ ३३ पैसा र बिक्रीमा १४० रुपैयाँ ९७ पैसामा झरेको छ ।

यता, एकको खरिदमा ८८ रुपैयाँ ३० पैसा र बिक्रीमा ८८ रुपैयाँ ७० पैसा रहेको अष्ट्रेलियन डलर आज सामान्य घटेर खरिददर ८८ रूपैयाँ २५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

यसैगरी क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २४ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ९६ पैसा र बिक्रीमा १९ रुपैयाँ ४ पैसा र जापानी येन १० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीमा १० रुपैयाँ ०९ पैसा तोकिएको छ । त्यस्तै, साउदी अरेवियन रियाल र कतारी रियाल पनि सामान्य बढेको छ ।

एकको खरिददर ३५ रुपैयाँ १२ पैसा र बिक्रीमा ३५ रुपैयाँ २८ पैसा रहेको साउदी अरेवियन रियाललाई आज एकको खरिदमूल्य ३५ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ३० पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा रहेकोमा आज सामान्य बढेर खरिदमूल्य ३६ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९३ पैसा छ।

हेर्नुहोस् आजको विनिमयदर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP