मंगलबार , अषोज २७, २०८३

पहाडमा जन्मेको ऊ
सुखी जीवनको कल्पना गर्दै
हिँडदै गयो जिन्दगीको बाटो
भित्री मधेस पुग्यो
बस्न खोज्यो
बस्यो
फेरि जुरुक्क उठ्यो
रोकिएन
तराई सर्यो
पढ्यो, लेख्यो रोकिएन
अझै ठूलो सहरको कल्पनामा डुब्यो
लम्कँदै अघि बढ्यो
काठमाडौं राजधानीको सुविधामा
लालायित भयो
अझै उसका आकांक्षा बढ्दै गयो
पासपोर्ट बनायो
जिन्दगीको बाटोमा बढ्दै-बढ्दै
उड्दै-उड्दै पुग्यो
पर धेरै टाढा
विदेश
विकसित सहर
अब ऊ रोकियो

मनन गर्यो
चिन्तन गर्यो
धेरै सोच्यो विचार गर्यो
एकाकीपनले उसलाई गिज्यायो
अहँ! मनमा सन्तोष भएन
उसलाई लाग्यो
आखिर यो सब केका लागि
यत्तिको जीवन त
पहाडमै पनि चलेकै थियो
दुई हातमुख जोडिएकै थियो
खै यहाँ त्यहाँको खुसी
खै त्यो आफ्नोपन
आफन्तको माया
गाउँठाउँको स्नेह
आमाको काख

उसलाई आफ्नो आफन्त
गाउँ-ठाउँ याद आयो
जे-जे जो-जोलाई उसले
भुल्न कोसिस गर्यो
भुल्नै सकेन
झन्-झन् सम्झनामा
झलझल्ती याद आयो
अब उसलाई ज्ञात भयो
मानिस जहाँ जन्मिन्छ
ऊ त्यही ठाउँको लागि हो
त्यहीँकै वातावरण
धर्मसंस्कृति
रहनसहन
संस्कृति चाडपर्व
अक्षांश देशान्तरको लागि हो
त्यहीँकै मानिस
त्यहीँकै समाजको लागि हो

अब ऊ मोडियो फर्कियो
जुन-जुन बाटोबाट आएको थियो
जिन्दगीको त्यही-त्यही बाटोबाट
उमङ्गले फर्किरहेछ
आफू जे हो, जस्तो थियो
आफूलाई फेरि
त्यस्तै उस्तै बनाउँदै|

अब चाँडै नै
जन्मथलो पुगेपछि ऊ
खुसीले मुस्काउने छ
आफ्नै प्यारो पहाडमा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP